साहित्य-कला

मेरो देश मेरो गौरव

शोभा खतिवडा काफ्ले
शोभा खतिवडा काफ्ले

यो देश नै हो है मेरो शिर झैँ !
यो देश नै हो है मेरो गौरव !!
यो देशको नै मान राख्नलाई !
प्राण त्याग्न नै छु मत तत्पर !!१

राष्ट्रका लागि छ यो मनको भाव !
श्रद्धाले नै मन पनि पोख्नु पर्दछ !!
यो राष्ट्रको यस्तो सड्कटलाई !
हामीले नै मिलेर टार्नु पनि पर्दछ !!२

राष्ट्र हो यो हाम्रो शिरको शोभा !
राष्ट्र हो हाम्रो जीवनको पद्दति !!
राष्ट्रका खातिर अर्पियौँ यो कर्म !
बन्छ सु्दर हाम्रो जीवनको गति !!३

राष्ट्रको सड्कट हो ब्यथा हाम्रो !
भनेर हामीले नै पनि बुझ्नु पर्दछ !!
राष्ट्रलाई कर्मले जोगाइ राख्ने !
शुभ कर्म यो मनले नै गर्नु पर्दंछ !!४

मायाँ हो है सभ्यता पनि हाम्रो !
मायाँ नै हो हाम्रो सुख,सम्पति !!
मायाँले नै पो अति सुन्दर पार्छ !
हाम्रो हरेक यो जीवनको रिति !!५

मायाँलेनै जित्न पनि सकिन्छ !
मनका हरेकौँ सहज जुनै रिति !!
मायाँ विना त सबै नै सुन्य हुन् !
बन्दछन् है सुन्य जीवनको गति !!६

जीवन हो यो शिल्प पनि हाम्रो !
सुन्दर हो हाम्रो यो जीवन पद्धति !!
परिवार अनि यो समाज र राष्ट्र !
न्दर बने त बन्दछ है हरेक रिति !!७

जीवन यो सुन्दर सार हो हाम्रो !
सद्दभावले यो बन्छ अति सुन्दर !!
यसैलाई हामीले सजाउन जाने !
बन्दछ हाम्रो यो मन झन सुन्दर !!८

मनका भाव पनि असल राखौँ !
सजाऔँ यो हाम्रो जीवनको गति !!
मनलाई हामी सबैले असल पार्दै !
रमाऔँ हामी सबै बनेर अति खुशी !!९

यो राष्ट्रको शान अनि मानलाई !
जोगाएर नै हामीले राख्नुपर्छ है !!
तराई मधेश र हाम्रो पाहाडलाई!
मिलाएर नै हामीले राख्नुपर्छ है !!११

शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!