मुख्य समाचार

प्रधानमन्त्री पदका लागि शेरबहादुर देउवाको उम्मेदवारी दर्ता

प्रस्तावक प्रचण्ड, समर्थक गच्छदार र पौडेल

२० जेठ, काठमाडौं । नयाँ प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । देउवाको उम्मेवारीमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड प्रस्तावक तथा समर्थकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा (संयुक्त) का नेता जयदेव जोशी छन् । देउवाले बिहान ११.३० बजे आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

देउवा प्रधानमन्त्री पुष्पकमल दाहालका साथै आफ्ना समर्थक दल र पार्टीका नेतासहित संसद भवन नयाँ वानेश्वर पुगेका थिए ।  रामचन्द्र पौडेल, बिजय कुमार गच्छदार,  बिमलेन्द्र निधि, प्रकाशशरण महत, प्रेमबहादुर सिंह, शशांक कोइराला, शेखर कोइराला, टोप बहादुर रायमाझी, नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, लगायत कांग्रेस नेताहरु पनि उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।

प्रधानमन्त्रीबाट प्रचण्डले राजीनामा दिएपछि सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ताको समय दिएकी थिइन् ।  सहमतीय सरकारका लागि दिइएको समयसीमा भित्र सहमति नजुटेपछि सरकार गठन बुहमतीय प्रक्रियामा प्रवेश गरेको हो । नयाँ प्रधानमन्त्री छनोटका लागि आइतबार संसदमा निर्वाचन हुँदैछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!