जीवन-दर्शन

सम्पति देखेको पाइदैन पाइन्छ मात्र लेखेको

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सम्पति देखेको पाइदैन पाइन्छ मात्र लेखेको ! शिव र पार्बतीको वीचमा घम्साघम्सी परेछ । यस्तो हुनुको कारण रहेछ गरीवलाई केहि नदिने खाली धनीलाई मात्र दिने भनेर पार्बतीले शिवलाई भनेपछि शिवले भन्नुभयो हेर पार्बती तिम्रो कुरा जायज हो जसले पूर्वजन्ममा जति लेखेर आएको हुन्छ त्यतिनै पाउछ भनेर शिवले पार्बतीलाई भन्नुभयो ।

यति सुनेपछि यस कुरामा म सहमत छैन हजुरले त्यो दिन दु:खी गरीवलाई पैसा दिनै पर्छ भनेर पार्बतीले शिवलाई विन्ती गर्नुभयो । यति सुनेपछि शिवले पार्बतीलाई हेर जिद्धि नगर तिमी हार्छौ भन्दा ठिक छ यदि म हार्न परेपनि हार्छु तर हरले वहालाई पैसाको दान दिनैपर्छ भनेर जिद्धि गर्नु भएकाले दु:खी भिखारीलाई पैसा दिने निधो गरेर ब्राह्मणको भेषमा पृथ्वीमा दुवै पाल्नु भएछ ।

केहि समयपछि वहाहरू त्यो भिखारीको नजीक पुगेर सोध्नु भएछ । हजुरको यो अवस्था देखेर शिव र पार्बती कैलाशबाट बोरामा पैसा प्याक गरेर आउदै हुनुहुन्छ तपाईं यो बाटो नबिराई अघि बढ्नु पैसाको बोरो भेटाउनु हुनेछ भनेर त्यहाबाट अन्तर्ध्यान हुनु भएछ ।

त्यो भिखारीले हतपत्त गरी पैसाको खोजमा बाटो लागेछ । जाँदाजाँदा बाटोमा उसलाई पैसाको बोरो कहाँ छ भन्दै हेर्दै जाँदा आँखा पाटियो अब केही परसम्म आँखा चिम्म गरेर हिड्छु भनेर आँखा चिम्म गरेर अघि बढेछ । बाटामा राखेको बोरो छोडेर अघि बढेछ । यो दृष्य माथिबाट शिव पार्बतीले हेर्दै हुनु हुदो रहेछ ।

बोरो छलेर भिखारी अघि बढेको देखेपछि पार्बतीलाई जिज्ञासा जागेर आएछ हेर्नुस् न पैसाको बोरो छोडेर त्यो भिखारी अघि बढ्दै गरेछ । यति सुनेपछि भगवान शिवले पार्बतीलाई भन्नु भएछ । हेर पार्बती उसको भाग्यमा अझ पैसा लेखेको छैन । उसले पूर्वजन्ममा कुनै पनि दिन राम्रो काम गरेको थिएन त्यसैले उसको भाग्यमा अझ पैसा होइन दु:ख लेखेको छ ।

यति सुनेपछि अब हजुले दिएको पैसा कसले पाउन सक्छ भनेर सोध्नु भएछ । हेर अब त्यो पैसा उठाउने भाग्यमानी आउदैछ भनेको केहि क्षणमा हात्तीमा चढेको व्यक्ति नजीक पुगेर बोरालाई उठाएर हात्तीमाथि राखेर अघि बढेछ । यो देखेपछि पार्बतीले शिवलाई सोध्नुभएछ । हेर त्यो धनी मानिसलाई किन पैसा चाहिएको होला भन्नुभएछ ।

यति सुनेपछि शिवले पार्बतीलाई भन्नुभयो जे पाउनुछ त्यो पूर्वजन्ममा देखि नै लिएर आएको छ । सुख दु:ख भनेको लिएर आउने हो चाहेर केहि हुनेवाला छैन । जसले मेहनत गर्छ, जसले परिश्रम गर्छ, जसले समाज सेवा गर्छ, उसले केहि नगरेपनि पैसा पाउछ । उसलाई धन सम्पत्तिको अभाव हुदैन जो लालची छ, जसले अरूको सम्पत्तिमा आँखा गाडेको हुन्छ उसले अर्को जन्ममा भिखारी भएर जन्मन्छ उ पैसाको लागि तर्सन्छ ।

हामीले मेहनत गर्नुपर्छ सक्दो दान गर्नुपर्छ । परिश्रम गर्नु फलको आशा नगर्नु भनेर मैले भनेको छु । तर मानिस धेरै स्वार्थमा डुबेकाले दु:ख भोगेका छन् परिवारसंग संगै बसेर सानो मेहनतले पनि पैसा जम्मा गरेर घर गृहस्थी धानेका छन् । धेरै कमाउने उद्धेश्यले मानिस गलत माथि गलत गर्दैछन् उसले क्षणीक सुख भोगेपनि कालान्तरमा दु:ख भोग्नेछन् भनेर शिवले पार्बतीलाई यो कथा सुनाउनु भएछ ।

यो पनि पढनुहोस्

लक्ष्मी खुसी पारी पैसा तान्ने मन्त्र

समुन्द्रशास्त्र अनुसार हातमा यी ९ रेखाहरु हुने ब्यक्ति हुन्छन् अति धनाढ्य

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!