जीवन-दर्शन

विवाहपछि चम्किन्छ यो राशी हुनेहरुको भाग्य

प्राय: जसो मानिसहरु विवाह गरेपछि वा विवाह नहुनुअघि निकै नै फरक हुन्छन् । कुनै मानिस विवाह गरेपछि निकै नै खुसी हुन्छन् भने कुनै मानिस निकै नै निराश हुने गर्छन् । त्यस्तै नयाँ जानकारीको लागि यदि तपाईंको नामको अगाडीको अक्षर ही, हू, हे, हो, डा, डू, डी, डे वा डो आउँछ भने तपाईंको राशी कर्कट हो । यो राशी हुने मानिसहरुको विवाहपछि निकै नै भाग्य चम्किने ज्योतीषशास्त्रको दाबी समेत रहेको छ । त्यस्तै कर्कट राशी हुने मानिसहरु इमान्दार, जिम्मेवार र कर्तब्यनिष्ठ पनि हुने ज्योतिषशास्त्रमा उल्लेख छ ।

कर्कट राशी हुनेहरुको जीवनमा विवाहको कुरा चल्दा आफ्ना आमाबाबुले हस्तक्षेप गर्छन् जुन कुरा उनीहरुलाई भने मन पर्दैन् । तर विवाह भएपछि निकै नै सुखी हुन्छन् । कर्कट राशीको मानिसको भाग्योदय विवाहपछि नै हुन्छ । विवाहपछि भाग्य र परिवर्तन यस राशीको मानिसको जीवनमा विवाहले ठूलो परिवर्तन ल्याउँछ । यो राशी हुनेहरुको भाग्य विवाहपछि खुल्नेछ । विवाह गरेपछि यिनीहरुले जुन काममा हात हालेपछि सफल हुनेछ । कर्कट राशी हुने मानिसहरुले आफूले गरेको निर्णय परिवर्तन गरिरहने बानी हुन्छ । यो राशीका मानिसहरु एकदमै परिश्रमी र इमान्दार हुन्छन् ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

मानिसले किन बहु-विवाह गर्छन् ?

यी राशि भएका मानिसले प्रेम र विवाह गरे असफल हुन्छन्

यस्तो छ राशीहरुका वीच हुने प्रेम र विवाहको सम्वन्ध

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!