अचम्मको संसार

भस्मासुरको भस्म भएको भनिएको गुफा भारतमा

एजेन्सी । भस्मासुरको भस्म भएको भनिएको गुफा भारतमा ! ससारमा धेरै रहस्यमयी कुराहरु छन । नेपालमा मात्र नभएर संसारका अधिकांश देशहरुमा केही रहस्यमयी गुफाहरुमध्ये केही प्रकृतिद्वारा निर्मित छन् भने केही मानव निर्मित । तर निकै रहस्यमयी यो गुफाको अन्तिम कुनासम्म कोही मानिस पनि पुग्न सकेका छैनन् ।
भारतको बिहार प्रदेशको रोहतास जिल्लामा चेनारी क्षेत्रमा गुप्तेश्वरनाथ धाम नामक एक भगवान शिवको मन्दिर रहेको छ । कहावत अनुसार मन्दिर उक्त मन्दिर एकदम पुरातन समयको हो तर यससँग अरु रहस्यहरु पनि जोडिएको छ । वास्तवमा यस मन्दिरको शिवलिंग गुफाभित्र गएरमात्र देखिन्छ र यस गुफा निकै रहस्यमयी छ ।
कथनअनुसार यस गुफाको अन्तिम बिन्दुसम्म आजसम्म पनि पत्ता लागेको छैन अर्थात कोही पनि जान सकेका छैनन् । सामान्यतया सबै गुफाहरु अँध्यारो नै हुन्छ तर यो गुफा अति अँध्यारो छ जहाँ मानिसहरु निकेै डराएर केही पर पुगेर फर्किहाल्छन् । यही गुफामा नै भस्मासुरको भस्म गरिएको थियो र यस गुफाको निर्माण पनि भगवान शिवले नै गरेको कथन छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!