साहित्य-कला

दिप बनेर बलोस यो देश

शोभा खतिवडा काफ्ले
शोभा खतिवडा काफ्ले

दिप बनेर बलोस यो देश 

दिप बनेर नै बलोस यो मेरो जन्म भूमिको हरेक नै पाटो !

ढुड्गामा युगयुग अमर बनोस मेची र महाकालीको बाटो !!

मनका रहर, जोश अनि उमड्ग लिएर यहाँ आओस् हरदम !

नेपालीको छाती जगमगाइ रहोस अगाडी बढोस् है कदम!!१

 

 

यो देशको कथा बिरताको गाथा पुर्खाको योगदानलाई

हरेक मनको उज्यालो पनको ज्योति छर्दै जाओस् हँसाई

सूर्य झुल्को लिएर पूर्वमा यो धरामा जगमगाएर आओस् !

हरेक मनमा शुभ भावको ज्योति असल नै छर्दै जाओस् !!२

 

यो मानव जीवन पाएर अव त धन्य हामी हरपल बनौँ !

यो धरालाई सत्तकर्म अनि खुशी सँधै नै समर्पण गरौँ !!

अपूर्व छ यो हाम्रो मानव जीवन यसको मर्म हामी बुझौँ !

कति असल कर्म गर्दा बल्ल पायौँ यो जीवनलाई बुझौँ!!३

 

जस्तो कर्म जान्दछौ हामी त्यस्तै मात्र कर्म अर्पण गरौँ !

तर कर्म यो देशकोलागि भलो हुने मात्र नै अर्पण गरौँ !!

जीवन दिने यो धराको अन्न, पानी हरपल हामीले खाएर !

हुर्केकाछौँ हामी हरपल यहि धरामा जीवन हाम्रो टेकेर !!४

 

हरेक चेतनाले युक्त सुन्दर मानव जीवन हामीले पाएर !

यस्तो सुन्दर र असल भावले भरिएको यो जीवन पाएर !!

के के शुभ कर्म यो धरालाई अर्पण गर्यौँ नि त हामीले ?

आफैँलाई सोधौँ अनि आफ्नै मनले बुझौँ अब आफैँले !!५

 

पौराणिक पात्रहरुको त्यागको जीवन कथा हामी बढ्दछौँ !

वलिराजाको झैँ जीवन गाथाको आशिर्वचन पनि दिन्छौ !!

तर हामीले यो धरालाई के के दियौँ यो मनन् मनले नै गरौँ !

सकेको, जानेको, बुझेको कर्म अर्पण यो देशलाई गरौँ !!६

 

देश हाम्रो जीवन बिताउने प्यारो धरा हो यो कुरा बुझेर !

देश सुन्दर पार्ने मूल मन्त्र यो विश्वबाट हामीले सिकेर !!

यो देशलाई अव हिमाल, पहाड र तराईमा समान रुपले !

भेद भाव केहि नराखी यो नेपाल हाम्रो आफ्नै भनि जोडेर!!७

 

विकासका चरणलाई चरणवद्द समान रुपले सबैतिर गरौँन !

हिमाल पहाड अनि तराईलाई एउटा मेट्रोको मार्गले जोडौँन !!

पुर्खाको गौरव गाथालाई र सहिदको त्यागलाई सम्मान गर्दै !

सन्ततिलाई अग्रजलाई सम्मान गर्ने आदर्ष हामी अब सिकाउन !!८

 

पानीको शक्ति खानीको शक्ति जड्गली जडिबुटिको शक्ति !

पहिचान गर्ने ती ज्ञानले भरिएका युवाको शक्तिलाई नि बुझेर !!

अग्रजको अनुभवको आदर सम्मान हरेकले हरपल यहाँ गरुन !

कला र संस्कृति देशको हामी एक भएर सम्बृद्द हामी अव पारौँ!!९

 

यस्तै सड्कल्प यो नयाँ दिनमा हामी नेपालीले नै मनले गरौँ है !

अव यो देश हाम्रो हो भन्ने मूलकुरा नेपाली मनले हामी बुझौँ है!

सत्तामा बस्नेले सत्ताको मोह छाडेर यो देश विकास हरपल गरौँ!

मरेर जाँदा यो देशनै रोओस् अनि नेपाली रोउन् डाको नै छोडेर !!१०

 

शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!