मुख्य समाचार

सांसद लक्ष्मण राजवंशी पार्टीबाट निष्कासित

६ माघ, २०७३,  काठमाडौं । नेपाः राष्ट्रिय पार्टीले सांसद लक्ष्मण रजवंशीलाई पार्टीबाट निष्कासित गरेको छ । पार्टीको नीति विपरीतको गतिविधिमा संलग्न भएको भन्दै साधारण सदस्य समेत नरहने गरी राजवंशीलाई पार्टीबाट निष्कासित गरेको हो ।

पार्टी महासचिव विजयप्रकाश सैंजुद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजवंशीलाई सांसदबाट समेत निष्कासन गरिएको जनाइएको छ । राजवंशी समानुपतिक तर्फबाट सांसद छन् । राजवंशीले पार्टी नीति विपरीत संसदमा टेबुल भएको संविधान संशोधनका विषयमा पहिचान विरोधी आन्दोलनका गतिविधिमा सहयोग गरेका कारण कारबाही गरिएको बताइएको छ ।

‘लिखित रुपमै दिइएको निर्देशनलाई अवज्ञा गरी प्रतिक्रियावादी आन्दोलनमा सहभागी भइ पहिचानविरोधी आन्दोलनमा संलग्न भएकाले राजवंशीलाई पार्टी सदस्यबाट निष्कासन गरिएको छ ’  विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!