सौन्दर्यस्वास्थ्य

कपाल झर्ने कारणहरु र यसको रोकथाम

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकाल पुरुषमा कपाल झर्ने समस्या निकै देखिने गरेको प्रमुख कारण हो एस्ट्रोजेनेटिक एलोपिका । पुरुषमा हुने यो DTH हर्मोनमा असन्तुलन हुँदा शिरको एक हिस्साबाट तीव्र कपाल झर्ने गर्छ । एक अनुसन्धान अनुसार ३० प्रतिशत पुरुष ३० वर्ष नपुग्दै यो समस्यामा अल्झिसकेका हुन्छन् ।

कपाल झर्नुको अर्को पाटो पनि छ । त्यो हो, थाइराइड रोगसँग यसको सोझो सम्बन्ध । यदि तपाईंलाई थाइराइड रोगको समस्या छ भने कपाल झर्नु स्वाभाविक मानिन्छ किनकि कपाल झर्ने समस्या थाइराइडको प्रमुख लक्षण मध्येमा पर्छ । एस्ट्रोजेनेटिक एलोपिका पुरुषमा हेयरफलको एकमात्र कारण होइन । यी विभिन्न कारणले कपाल झर्ने गर्छ, पढ्नुस् घरेलु समाधान के के हुन्छन्?

कपाल झर्ने कारणहरु

१. वंशाणुगत गुण

यदि परिवारमा कसैको कपाल झरेको थियो, आफ्नो बाबु वा आमाको पुस्तामा कसैमा यो समस्या थियो भने सोको कारण पनि तपाइको कपाल झर्न सक्दछ।

२. अस्वस्थकर खाना

डाइटमा सही मात्रामा पोषण नहुँदा शरिरमा आइरन, भिटामिन ए, प्रोटिन, जिङ्क, क्याल्सियम जस्ता पौष्टिक तत्वको कमी हुन थाल्छ। जसको कारण कपाल झर्ने समस्या निम्तिन्छ।

३. धुम्रपान

चुरोटमा हुने निकोटिनको कारण रगतका नशा साँघुरिन थाल्दछन्। जसको कारण शरीरमा अक्सिजन लेभल कम हुन्छ। यसले शरिरको अंगहरुको साथ कपाललाई पनि असर पुर्याउँछ।

४. रक्सी

बढी रक्सी पिउँदा शरिरमा टक्सिक पदार्थ बढ्न थाल्छ। आइरन, जिङ्क, पानीमा कमी हुन्छ। फलत: कपाल झर्छ।

५. चिन्ता

कपाल झर्नुमा अर्को प्रमुख कारण हो चिन्ता। चिन्ताले शरिरको हर्मोनको सन्तुलन बिग्रन्छ। साथै शरिरको शक्ति अनावश्यक रुपमा नष्ट हुन्छ।

उपचार

१. अमला कपाल झर्ने समस्याको समाधान मात्र होइन, यसलाई रक्त शुद्धीकरण, पाचन र रसायन (यौवन कायम गराइरहने) मा समेत प्रभावकारी जडीबुटी मानिन्छ । ५–६ चम्चा अमलाको पाउडरमा ५–६ चम्चा पानी राखी बाक्लो लेदो बनाएर तालु र कपालमा लगाएर ३० मिनेटसम्म राख्ने र स्याम्पुले पखाल्ने । यसको प्रयोग हप्तामा कम्तिमा ३ पटक गर्दा लाभदायी हुन्छ । यसले तालुको छालालाई स्वस्थ राख्नुका साथै चाया र कपाल झर्ने समस्याबाट पनि छुटकारा दिन्छ । योसँगै शिकाकाईको प्रयोग गर्दा प्राकृतिक रङका रुपमा कपाल कालो बनाउन मद्दत गर्छ ।

२. Berberis aquifolium mother tincture यो होम्योपैथीक औषधालयमा उपलब्ध छ । यो औषधि केहि महिना सेवन गर्नाले पनि यो रोग निको हुन्छ ।

३. केशपोषक हर्बल हेयर क्लीनर लगाउनाले पनि बाल झर्न रोक्न सकिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

कपाल झर्न नदिन के खाने ?

कपालवाट नै थाहा हुन्छ महिलाको स्वभाव

हिन्दु धर्मशास्त्र अनुसार कुन बार कपाल काट्दा शुभ र अशुभ

कपाल किन फुल्छ ?

कपालमा चायाँ आउने कारण

कपालको चायाँ हटाउने घरेलु उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply