आयुर्वेद

औषधीको रुपमा पाँचऔँलेको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

यसरी गर्न सकिन्छ औषधीको रुपमा पाँचऔँलेको प्रयोग, जानी राखौ ! हाम्रो देशमा यो जस्ता अनेकौं जडिबुटीहरू पाइन्छन् जसको पहिचान हुन सकेको छैन । यस्ता जडिबुटी चमत्कारीक फाइदा गर्ने खालका औषधि तयार गरेर नेपाली जनतालाई निरोगी बनाउने प्रशस्त आधार छन् तर यसको उपयोग नेपालीले गर्न सकेको देखिदैन । यसको तस्करी छिमेकी राष्ट्र भारत र चिनमा हुने गरेको छ ।

हिन्दीमा यसलाई हत्था जोडी भनिन्छ भने नेपालीमा पाँचऔँले भनेर चिनिन्छ । भारतमा यसलाई तान्त्रीक जडिबुटीको रूपमा प्रयोग हुने गरेको पाइन्छ । हाम्रो भुमिमा पैदा हुने चमत्कारीक जडिबुटीबाट थुप्रै रोगको उपचार गर्न सकिने देखिन्छ । आज पाँचऔँलेको औषधिय गुणबारे जानकारी पस्कदैछौं ।

यस्ता खालका हर्बबाट अनेकौं रोग निको बनाउन सकिने देखिन्छ । यस्ता जडिबुटी संकल गरेर औषधि उत्पादन गरेर नेपालको अर्थतन्त्र सवल र बलियो बनाउन सकिनुको साथै बेरोजगारलाई समेत रोजगार दिन सक्ने देखिन्छ । हिमाली भेगमा पाइने यो जडिबुटी र तराई भेगमा पाइने जडिबुटी संकलन गरेर आयुर्वेदिक औषधि उत्पादन गर्दा धेरै राम्रो हुने देखिन्छ ।

यो एक वलवर्धक जडिबुटी मानिन्छ र यसको सुकेको जराको धुलो दुधसँग खाने गरिन्छ । यसको सुकेको जरा घोटेर काटेको घाउमा लगाउँदा रगत रोकिन्छ र छिट्टै निको हुन्छ । शरद ऋतुमा यसका पातहरू पहेँला भई डाँठ सुक्न थालेपछि यसको संकलन गाना निकालिन्छ । गानालाई चोट नलाग्ने गरी खन्नुपर्दछ ।

औषधीको रुपमा पाँचऔँलेको प्रयोग

१. यो औषधिको प्रयोगबाट मधुमेह रोग निको गराउन राम्रो भुमिका खेलेको छ ।

२. बीर्यमा शुक्राणुको संख्यामा कमीभएमा यो औषधि सेवन गराउनाले यो समस्या हल हुन्छ ।

३. खोकी, ज्वरो, पिसाव सम्बन्धी समस्या देखिएमा यो औषधि सेवन गराउनाले निको हुन्छ ।

४. नसा सम्बन्धी रोगमा यस्को प्रयोग गर्नाले राम्रो फाइदा गर्दछ ।

५. तागत र यौन शक्ति वा उत्तेजना बढाउन समेत यो औषधि महत्वपूर्ण देखिन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

मानव स्वास्थ्यको लागि घिउकुमारीको प्रयोग

औषधीको रुपमा निमको बोक्रा र पातको प्रयोग

औषधिको रुपमा बेलपत्रको प्रयोग

औषधीको रुपमा वंशलोचनको प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!