धर्म-सस्कृति

कलियुगमा सत्य सावित हुदै गरेका श्रीमद्भागवत् गीताका भविष्यवाणीहरु

हिन्दू धर्मका पवित्र ग्रन्थहरूमध्ये श्रीमद्भगवद गीता एक हो । श्रीमद्भगवद्गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो । हिन्दू धार्मिक अध्येताहरुका अनुसार भगवत गीतालाई सनातन वैदिक (हिन्दु) धर्मको सार मानिन्छ । यसका विचारहरु संसारका सबै मान्छे र सबै कालखण्डमा लागु हुन सक्छन् । मनुष्यको जन्मदेखि मृत्युसम्मको चक्रबारे गीतमा विस्तारमा बताइएको छ । श्रीमद्भागवत् गीतामा कलियुगको बारेमा केही भविष्यवाणी गरिएका छन् । करिब ५००० वर्ष पहिले गरिएका यी भविष्यवाणी अहिले भने सत्य सावित हुँदैछन् जुन निम्न अनुसार छन् ।

भबिष्यवाणी १

धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ । (श्रीमद्भागवत् १२-२-१।)

भबिष्यवाणी २

कलियुगमा केवल ‘धन’ मात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असल गुणको आधार मानिनेछ । कानुन र न्याय मानिसको शक्तिको आधारमा लागु हुनेछ। (श्रीमद्भागवत् १२-२-२।)

भबिष्यवाणी ३

पुरष र महिला केबल सतही आकर्षणको कारणले गर्दा मात्र मिलेर बस्नेछन । व्यापार र सफलता केवल छलमा निर्भर हुनेछ । पुरुषत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाधेको आधारमा ब्राह्मण कहलिनेछ। (श्रीमद्भागवत् १२-२-३।)

भबिष्यवाणी ४

व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ । जीविकोपार्जन राम्रो गर्न सकेन भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ । जो धेरै शब्दहरुमा खेल्न सक्छ र गफ हाँक्न सक्छ, उ नै सबैभन्दा विद्वान ठहरिनेछ । (श्रीमद्भागवत् १२-२-४।)

भबिष्यवाणी ५

कुनै व्यक्तिसंग धन छैन भने उ अधर्मी मानिनेछ । छल र कपटलाइ सद्गुण मानिनेछ । केवल मौखिक सहमतिले विवाह गरिनेछ, र कसैले स्नान मात्र गरेको छ भने सोच्ने छ कि उ सार्वजनिक रुपमा अरुको अगाडी आउन लायक छ । (श्रीमद्भागवत् १२-२-५।)

भबिष्यवाणी ६

एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सिमित हुनेछ र सौन्दर्य कसैको कपालमा छ भन्ने सोचिनेछ । भुडि भर्ने जीवको लक्ष हुनेछ र जो कठोर छ उ नै सत्यवादी कहलिनेछ । जसले परिवार पाल्न सक्छ उ विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ । (श्रीमद्भागवत् १२-२-६।)

भबिष्यवाणी ७

जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरु मध्य जसले आफुलाइ शक्तिशाली देखाउन सक्छ उसले राजनैतिक शक्ति पाउने छ। (श्रीमद्भागवत् १२-२-७।)

भबिष्यवाणी ८

अनिकाल र अत्याधिक करको कारण मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन्। खडेरीले गर्दा सबैकुरा बर्बाद हुनेछ। (श्रीमद्भागवत् १२-२-९।)

भबिष्यवाणी ९

मानिसहरु चिसो, हावाहुरी, तापक्रमको बृद्धी, बर्षा तथा हिउँबाट प्रभावित हुनेछन् । यसको साथै आपसी झगडा, भोक, प्यास, रोग तथा चिन्ता तथा थकाइको सिकार हुनेछन । (श्रीमद्भागवत् १२-२-१०।)

भबिष्यवाणी १०

कलियुगको लागि मानिसको उच्चतम उमेर ५० बर्ष हुनेछ। (यो भने पुरा भएको छैन, तर मानिसको बाँच्ने औसत उमेर भने कम भएको छ। (श्रीमद्भागवत् १२-२-११।)

भबिष्यवाणी ११

मानिसहरुले आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन । (श्रीमद्भागवत् १२-२-१२।)

भबिष्यवाणी १२

कलियुगमा मानिसहरुले केहि सिक्काको लागि मात्र पनि क्रोध पैदा गर्ने छन। सबै मित्रवत् सम्बन्धलाइ त्याग्ने छन् र आफ्नो र अरुको ज्यान लिनको लागि तयार हुनेछन् । (श्रीमद्भागवत् १२-३-४१।)

भबिष्यवाणी १३

संस्कार नभएका मानिसहरुले भगवानको लागि भनि दान स्वीकार गर्नेछन् जसलाइ धर्म र संस्कृतिको बारेमा ज्ञान हुदैन उनै सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ। (श्रीमद्भागवत् १२-३-३८।)

भबिष्यवाणी १४

सेवकहरुले उसको मालिकको धन सकिएपछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस् । मालिकले परिवारमा पुस्तौबाट रहदै आएका सेवकहरु अशक्त भएमा परित्याग गर्नेछन । जब दुध दिन छोड्दछन् तब गाइहरु वेवारिसे छिडिनेछन वा मारिनेछन् । (श्रीमद्भागवत् १२-३-३६।)

भबिष्यवाणी १५

सहरहरु चोर तथा फटाहहरुले लिनेछन। वेद नास्तिकहरुको गलत व्याख्याले भरिनेछ। राजनैतिक नेताहरुले विस्तारै जनता भस्म पार्नेछन्। पंण्डित तथा बुद्धिजीवीहरु पेट तथा जनेन्द्रियका भक्त हुनेछन।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

श्रीकृष्ण र गीता धर्म

गीतामा भगवान् कृष्णको वाणी

के हो श्रीमद्भगवद गीता ?

के हो श्रीमद्भगवद गीताको पृष्ठभूमि ?

श्रीमद्भगवद गीताका १० प्रसिद्ध भनाईहरु

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!