शास्त्र

श्रीमदभागवतका अनुसार कलियुगका १० लक्षणहरु

सनातन हिन्दु शास्त्रीय विश्वास अनुसार कलियुग चार मध्येको अन्तिम युग हो । यो युगमा मानिसहरूको चरित्र बिग्रने सभ्यताको नाममा नयाँ समस्याहरू जन्मने भनेर केही शास्त्रहरूमा उल्लेख गरिएको छ । अहिले चलिरहेको यो कलियुग द्वापर युगको अन्त्यपछि शुरु भएको हो । यसको अन्त्यसँगै सारा संसार ध्वंस भई नयाँ संसारको सिर्जना हुने विश्वास गरिन्छ । जुन ४ लाख ३२ हजार वर्षसम्म चल्ने बताईएको छ । शास्त्रका अनुसार यो सबैभन्दा छोटो युग हो र यसमा धर्म र ज्ञानको कुरा सबैभन्दा कम मानिसले गर्ने गर्दछन् । यो कलिको जत्ति समय उत्तरार्धतर्फ जाँदै गर्छ त्यति नै मानिसमा धर्म र ज्ञानमा क्षय हुँदै जाने तथ्य विभिन्न शास्त्रहरुमा उल्लेख गरिएको छ ।

हिन्दु धर्मशास्त्रहरुमा युगहरुको बर्णन गरिएको छ । कलियुगमा उत्पन्न हुने अवस्था भागवतममा जसरी ब्याख्या गरिएको छ अहिलेको अवस्था करिव करिव उस्तै देखिन्छ । भागवतमका अनुसार सत्य युगममा धर्म र सत्यवादीहरुको बाहुल्यता हुन्छ । समाजमा शान्ति र अमन चयन हुन्छ । मानिसको आयु एक लाख वर्षको हुन्छ । त्रेता युगमा मानव समाज नैतिक हुन्छ । यो युगमा तीन चौथाइ भाग समाज नैतिक हुन्छ भने १ चौथाइ भने अनैतिक र पापी हुन्छ । त्रेता युगमा मानिसको आयु १० हजार वर्षको हुन्छ । द्वापर युग भनेको आधा पुण्य र आधा पापले भरिएको समाज हुने युग हो । यहाँ मानिसको आयु १००० वर्षको हुन्छ । कलियुग भनेको सबैभन्दा खराव युग हो । यो युगमा तीन चौथाइ समाज पापी र अधर्मी हुन्छ भने १ चौथाइ मात्र पु्ण्यात्मा हुन्छन् । कलियुगमा मानिसको आयु पनि निक्कै कम हुन्छ । अधिकतम आयु १०० वर्षको हुनु कलियुगको लक्षण हो । कलियुगको अन्त्यमा मानिसको आयु २० वर्षमा सीमित हुने दावी धर्मशास्त्रको छ । त्यसका लागि धेरै कारण जिम्मेवार हुने छन् । अहिलेको जारी वातावरणीय प्रदुषण, हरितगृह ग्यासको उत्सर्जन, विश्वव्यापी उष्णता, खडेरी, भोकमरी, अस्वस्थ जीवन यापन लगायतका कारणले मानिसको आयु २० वर्षमा झर्ने भागवतममा उल्लेख छ । श्रीमदभागवतको अध्याय १२ भाग २ मा कलियुगका लक्षणहरुको बारेमा यसरी ब्याख्या गरिएको छ ।

कलियुगका १० लक्षणहरु

१. कलियुगको सबैभन्दा प्रमुख लक्षण समाजमा अवगुणहरु (आक्रोश, निर्दयीभाव, स्वार्थ, क्रुरता) हावी हुनु हो । कलियुगका मानिसहमा धैर्यता, दया नि:स्वार्थीपन हुँदै नहुने भागवतममा उल्लेख छ । सबै मानिस ढोंगी हुने पनि भागवतममा उल्लेख छ ।

२. कलियुगमा अधिकाँश मानिस अधार्मिक र नास्तिक हुने सो ग्रन्धमा उल्लेख छ । केही मानिसले धार्मिक ग्रान्थ पढ्ने र धार्मिक वृत्ति देखाएपनि त्यो आडम्बरका लागि मात्र हुने भनिएको छ ।

३. कलियुगमा धार्मिक र अध्यात्मिक भावना भएका मानिस पनि आरुलाई देखेर धर्मरिने भागवतमले भनेको छ । धर्मगुरुहरु ठूला ठूला दरवारमा बस्ने र भक्तहरुलाई शोषण गर्ने कलियुगको लक्षण भएको उल्लेख छ ।

४. कलियुगमा मानिसहरु केवल भौतिक सम्पन्नतामा ध्यान दिने र जतिसुकै सम्पति र सम्पन्नतामा पनि असन्तुष्ट हुने कलियुगको प्रमुख लक्षण भएको उक्त शास्त्रमा उल्लेख छ ।

५. कलियुगमा समाज सभ्य देखिएपनि अधिकाँश मानिसलाई जीवनयापन गर्न कठिन हुने र जमीनमा उब्जाउ कम हुँदै जाने भागवतको प्रक्षेपण छ । खडेरी र भोकमरी ब्याप्त हुने समेत उल्लेख छ ।

६. कलियुगमा राजनीतिका नाममा लुट हुने हुँदा राजाहरुको सम्मान नहुने र शासक र शासित दुवै पक्ष चोरी र लुटपाटमा लाग्ने समेत भागवतममा उल्लेख छ ।

७. कलियुगमा परिवारहरु भत्किने र पारिवारिक माया लोप हुने पनि उक्त ग्रन्थमा उल्लेख छ । महिला र पुरुषबीच केवल यौन सम्बन्धका लागि मात्र देखावटी प्रेम हुने र उनीहरुले एक अर्कालाई यिनकै आधारमा मूल्याङ्कन गर्ने पनि उल्लेख छ ।

८. कलियुगमा धन मात्र एक मानवीय योग्यता मूल्याङ्कनको आधार बन्ने भागवतममा उल्लेख छ । शक्तिले सबै कुरालाई छायाँमा पार्ने र न्याय र कानून पनि धनीकै पेवा बन्नेछ ।

९. कलियुगमा बढी बोल्न जान्ने विद्वान ठहरिने र कुनै शैक्षिक योग्यता र ज्ञानको आवश्यकता नपर्ने भागवतममा उल्लेख छ ।

१०. कलियुगको आयु ४ लाख ३२ हजार वर्षको भनिएको छ । अहिले केवल २ हजार वर्ष मात्र पुगेको छ । कलि युगमा अत्याचार र अशान्ति बढ्दै जाँदा भगवानले कल्की अवतार बनेर पृथ्वीमा आउने भागवतममा उल्लेख छ । कल्की भगवानले दुष्टहरुको विनाश गरेपछि फेरि पृथ्वीमा शान्ति र अमन चयन कायम भएर सत्ययुग शुरु हुने भागवतममा उल्लेख छ ।

यो पनि पढनुहोस्

कलियुगको प्रभाव नेपालबाट शुरु हदैछ ?

भीष्म पितामहले बताएका कलियुगमा हुने १० महापापहरु

सत्य सावित हुँदैछन् भगवान कृष्णले गीतामा गरेका भविष्यवाणीहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!