धर्म-सस्कृति

शुरू हुदैछ कलियुगको प्रभाव नेपालबाट

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

कलियुगमा मानिसले पतनको बाटो अपनाउन थाल्दछन् । आज नेपालमा जति पनि गलत भइरहेको छ सवै कलियुगको प्रभाव सुरु हुदै छ । यहाँ के गलत के सहि भन्ने छैन् । सहिलाई गलत र गलतलाई सहि भन्नेहरूको तादात दैनिक बढ्दै गएको छ । यस्तो हुनुमा धर्म संस्कृति पतन हुनुलाई मान्न सकिन्छ । आज धर्म संस्कृति नमान्नेहरूको संख्या दिन प्रतिदिन बढ्दैछ । जुन थालीमा खादैछन्, जुन देशको छत्रछायाँमा वसेका छन्,जुन धर्म संस्कृतिको आडमा वसेका छन् त्यही धर्म संस्कृतिको खिल्ली उडाउदैछन् यो सवै कलियुगको प्रभाव हो ।

कलियुगको शुरूमा धर्म संस्कृति छाडा अवस्थामा हुने छ । यहाँ कसैलाई केहिको स्वाद हुने छैन केवल गलत होस या सहि जसरी भएपनि स्वार्थ पुर्ति गर्ने र आफुमात्र बन्ने भावनाको विकास हुदैछ । आज जे जसरी नेपालमा दिन प्रतिदिन बलात्कारका घटना बढ्दो छ यो सवै पश्चिमी हावाको प्रभाव र कलियुगको प्रारम्भ हो भन्दा खासै फरक पर्ने छैन । कलियुगको शुरुवात नेपालबाट शुरू हुदै दिन प्रतिदिन नाङ्गिदै जानेछ ।

नेतृत्वलाई देशको चिन्ता भन्दा ढुकुटी कसरी खाली गर्न सकिन्छ भन्ने भावनाको विकास तीब्र गतिमा अघि बढि रहनेछ । धर्मक्रमको विश्वास जिरो हुनेछ । हिन्दू धर्मलाई धर्म मान्न कोहि तयार हुने छैनन् तर यहाँ पैसाको पछि जस्तोसुकै धर्म होस भोली नहेरी लाग्ने धेरै हुनेछन् । कलियुगमा मानिस यति घटिया सोचका हुनेछन् कि आफ्नो जन्मदिने माता पितालाई घरबाट निकाल्ने छन् गुरुको अहित गर्नेछन् । घरघरमा लुटपाट गर्ने गिरोह सक्रिय हुनेछन् । कानुनका पालक राजनीतिको खोल ओडेर गलत व्यक्तिको चाकडी गर्न पछि पर्नेछन् ।

शिक्षामा पनि राजनीतिकरण हुनेछ । अरूले गरेको पेसामा समेत हस्तक्षेप हुनेछ । म भन्दा ठूलो कोहि छैन भन्ने घमंडले जन्म लिनेछ । सरकारले उद्योग चलाउन सक्ने छैन । भएका उद्योग सवै समाप्त हुदै जानेछन् । झुठको खेती फल्नेछ । अन्तमा मान्छेले मान्छेको मासु पनि बाँकी राख्ने छैनन् । आज गौमातालाई खाने छन् भने भोली कुकुरलाई खानेछन् भनेर अनुमान गर्न सकिन्छ ।

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढनुहोस्

भीष्म पितामहले बताएका कलियुगमा हुने १० महापापहरु

गरुण पुराण अनुसार यी १० काम गर्ने ब्यक्ति अवश्य नर्क जान्छ

शिव पुराण अनुसार १२ कर्महरु जसलाई संज्ञा दिइएको “महापाप”

नीतिश्लोक अनुसार जीवनमा यी ७ कुराहरुलाई शंका गरेमा लाग्नेछ ठुलो पाप

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!