स्वास्थ्य

ग्यास्ट्रिकको औषधि ज्वानो

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

ग्यास्ट्रिक रोग नभई आफ्नै लापरबाहीले स्वास्थ्य शरीरलाई रोगको दलदलमा फसिरहेको देखिन्छ । आज मानिसहरू खान नपाएर भन्दा पनि खान नजानेर रोगी छन् । अल्छी स्वभाव विकसित हुनु अत्याधुनिक जीवनशैली, कम ब्यायाम, मिसावटयुक्त अन्न, फास्ट फुड, बिषादीपूर्ण तरकारी, जिब्रोले स्वाद माने अत्याधिक भोजन जस्ता स्वास्थ्य प्रतिकुल क्रियाकलापले मानिस रोगबाट ग्रसित छ ।

मानिसको सवैभन्दा ठूलो शत्रु भनेको जिब्रो भन्दा खासै फरक पर्दैन । नआतिनुहोस् यहाँ हामीले पाएको फाईदा यहाँहरु समक्ष् बाँड्दैछौँ । जुवानो र बिरेनुन त हामी सबैको भान्छामा हुने चिज हो । यही हो यो रोग को औषधी । ज्वानो सुत्केरीलाई मात्र नभई सवै लाई औषधि बनाएर खुवाउन सके ग्यास्ट्रिक रोग निको गराउन बेजोड छ । ज्वानो बहुउपयोगी औषधि हो सहि तरिकाले प्रयोग गर्न सके थुप्रै रोगहरू यसको प्रयोगले निको हुन सक्छ ।

ज्वानोको सहि प्रयोगले हामीले खाने खाना पचाउनमा बेजोड शक्ति छ यसले पेटमा गएर चिल्लो पदार्थलाई काट्ने काम गर्दछ । सुत्केरी अवस्थामा मसलाको रूपमा दिने ज्वानोले दुध बढाउनुको साथै चिलियोबाट हुने खराब तत्वलाई समेत नष्ट गरि ग्यास्ट्रिक हुनबाट समेत रोक्दछ ।

ज्वानोलाई औषधी बनाउदा आवश्यकता अनुसार ज्वानो ल्याउने र ताबामा भुट्ने भुटेको ज्वानोमा आवश्यक अनुसार बिरेनुन मिश्रण गरि ठूलो मुख भएको भाडामा राख्ने आवश्यकताको समयमा जब आफुलाई रोगबाट पीडित महसुस हुन्छ तत्काल यस्को प्रयोग गर्न सकिन्छ । तत्कालै यसबाट राहत पाईन्छ ।

रोग नियन्त्रणमै छ भने राती सुत्नुअघि २ चम्चा यो तयार गरेको औषधी मनतातो पानीसित खाएर सुत्दा बिहान पेट सफा हुनुका साथै दिसा खुलेर आउँछ । हाम्रो भान्सामा यस्तो बहुमुल्य औषधि हुँदाहुदै पनि हामी दरदरको ठोक्कर खान बाध्य छौं । ग्यास्ट्रिकको एलोपैथिक औषधि दैनिक खानुपर्ने बाध्यताबाट बच्न सक्नेछौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

ग्यास्ट्रिक र यसको उपचार

रक्सीको लत छोड्न ज्वानो

ग्यास्ट्रिकको उपचार आफैँ घरमा गर्न सकिने

भान्साको औषधि ज्वानो र यसको उपयोग

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!