घरेलु उपचारस्वास्थ्य

सेतो दुवी र घरेलु उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

मानिसको छालामा देखा पर्ने सेतो दुवीलाई अभिशाप मान्छन् । तर यो अभिशाप होइन, ल्युकोडर्मा भनिने एक प्रकारको छाला सम्बन्धी बिकार हो । सेतो दागलाई उहिले समाजमा अभिशापको रुपमा हेर्दथ्ये । यदि केटी मानिसमा सेतोदाग छ भने उसको बिहे हुन असंभव हुन्थ्यो । यसलाई कोढ मान्ने भ्रमको कारणले कयौं पीडित व्यक्तिहरुले नरकीय जीवन विताउन बाध्य थिए । यो रोगमा छालाको प्राकृतिक रगं बदलिएर सेतो हुन्छ । शरीरको कुनै पनि भागको रगं परिवर्तन भएर बिस्तारै-बिस्तारै फैलिएर जान्छ । एकदिन पुरै शरीर नै सेतो हुन्छ सक्छ ।

के खाने

जौको रोटी, पुरानो चामलको भात, मुग तथा मसुरोको दाल खानामा खाँदा राम्रो हुन्छ । तरकारीमा पालुंगो, मेथि, बेथुको साग, परवल, घिरौला, सैजुन, अदुबा, लसुन, खाने । फलफुलमा मेवा, अनार, अमला, मौसम, खजुर खाने । बिहान बेलुकीको खानापछि मही या गाँजरको रस पिउने ।

के नखाने

तारेको, भुटेको, नुनिलो, पिरो, मसालेदार खाना नखाने । अचार, सिरका, दही, आमचुर, तित्रि, निबु नखाने । माछा, मासु, रक्सी, तम्बाकु नखाने, आलु, कालोदाल, प्याज, मख्खन, दुध, जामुन, मिठाई, केरा नखाने । दुध र माछा वा दुध र मासु एकसाथ नखाने । तिल, सख्खर र दुध पनि एक साथ नखाने ।

घरेलु उपचार

यो रोगको उपचार लामो समए गर्नुपर्ने हुन्छ ।

१. अलिकति रातोमाटो करिब १०० ग्राम लिने यसमा बराबर मात्रामा अदुवाको रस मिसाएर पेष्ट बनाउने र प्रत्येक दिन सेतो दाग भएको ठाँउमा लगाउने । यसबाट छालाको स्वभाविक रगं फर्किनमा सहयोग पुग्दछ ।

२. Leuco-D oil र Pimento Tablet यो औषधि खाने र लगाउने काममा आउछ । Oil दिनमा २,३ पटक लगाउने र गोली दिनमा २ पटक २ गोलीको मात्रामा खाने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

जण्डिस र यसको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!