जीवन-दर्शन

के मानिसको तीनवटा आँखा छन् ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

प्रकृतिले मानिसलाई तीनवटा नेत्र दिएको छ तर हामीले २ वटा मात्र नेत्र क्रियाशिल बनाएका छौ । २ वटा नेत्रको काम भनेको सहि दिसा पत्ता लगाउनु हो तर टाढाको बस्तु हेर्ने आँखा भनेको तेस्रो नेत्र हो । दैनिक प्रयोगमा यदि तेस्रो नेत्र परिचालन गरिन्छ भने मानिसले दुवै आँखा बन्द गरेर पनि हिड्न सक्छ । हाम्रो तेस्रो आँखा प्राय: सुतेको अवस्थामा खुलेको हुन्छ जसलाई हामी सपना भन्दछौं ।

दुवै आँखा चिम्म गर्नुहोस् र सोच्नुहोस जुन बाटो तपाईं पटक-पटक हिड्नु भएको छ । अब त्यो बाटोको लोकेसनलाई याद राख्नुहोस । याद राखेको बाटोमा आंखा चिम्म गरेर हिड्ने अभ्यास गर्नुस तपाई बिना अवरोध आरामसंग हिड्न सक्नुहुन्छ । ठिक यस्तै हाम्रो दुइवटा ब्रेन छन् हामीले दुबैले काम गरेका हुदैनौं यही कारण हरेक व्यक्तिको बानी ब्यबहार र दिमाग भिन्द हुन्छ । देब्रे अंग क्रियाशील भने दाहिनेतर्फको ब्रेन सक्रिय हुन्छ र दाहिने क्रियाशील भएमा देब्रे ब्रेन क्रियाशील हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रकृति र यसको लिला

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!