स्वास्थ्य

यस्ता छन् क्यान्सर हुने प्रमुख कारणहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

कुनै पनि रोग लाग्नुको प्रमुख कारक तत्व भनेको खानपिन प्रमुख रहेको हुन्छ । जब हामीले यस्ता विषयवस्तुमा चासो नदिएको अवस्थामा हामीलाई अनेक रोग लाग्ने सम्भावना बढेर गएको हुन्छ । हामीले खाने हरेक वस्तुमा निगरानी आवश्यक छ ।

रोग लाग्नुको पछि अर्को प्रमुख कारण भनेको आवश्यक भिटामिनको कमि हुन सक्छ । हाम्रो खानामा बढी भिटामिन भएका खाना खानाले पनि दिर्घ रोग र क्यान्सर जस्ता रोग लाग्नबाट बचाउन सक्ने देखिएको छ । आफुलाई कुनै भिटामिन कम भए नभएको जानकारी डाक्टरको सल्लाह तथा परामर्श लिएर उपचार गर्नु राम्रो हुनेछ ।

आजको लेखमा हामीले क्यान्सर लगायत अन्य दिर्घ रोग नहोस् भन्ने चाहना हुनेहरूका लागि महत्वपूर्ण जानकारी पस्कन गइरहेका छौं । राम्रोसंग पढेर फाइदा उठाउनु हुने नै छ भन्ने आशा लिएका छौं ।

क्यान्सरबाट बच्न यस्ता खानेकुरा कमसे नखाने

१. भुटेका तारेका खानेकुरा

तारेको खानेकुरा बढी खाइयो भने शरीरमा एक्रिलामाइड नामक तत्वको सञ्चय बढ्छ, जसले क्यान्सर लगाउनेसम्मको जोखिम बढाउँछ ।

२. रातो मासु

सुंगुर र खसीको फलमासु खान मज्जा आउँछ । तर, यस्तो रातो मासु बढी खाने गर्नाले क्यान्सर लाग्ने जोखिम बढी हुन्छ । रातो मासु दिनमा १४० ग्रामभन्दा बढी खानु हुँदैन ।

३. नुन

दिनमा ६ ग्रामभन्दा बढी नुन खानु हुँदैन । नुन बढी खाने गर्नाले उच्च रक्तचाप र हृदयाघातको मात्र नभई क्यान्सरको जोखिम पनि बढी हुन्छ ।

४. रक्सी तथा चुरोट

रक्सीको लत लागेको छ भने दुई पेगभन्दा बढ्ता नखाने गर्नुस स्वास्थ्यका लागि लाभदायक हुन्छ । त्यसै चुरोट खाने मानिसलाई फोक्सोमा क्यान्सर हुने सम्भावना बढि हुन्छ ।

५. रक्सी बढि खानेलाई

बढी रक्सी खाने गर्नाले मुख, पाठेघर र स्तन सम्बन्धी क्यान्सर हुने जोखिम बढी हुन्छ ।

स्वास्थ्य रहन खानुपर्ने खानेकुराहरु

१. भिटामिन

हामीले पर्याप्त मात्रामा पोषणयुक्त भोजन गरिरहेका छैनौं भने शरीरका लागि आवश्यक भिटामिन, खनिज लगायत पोषक तत्वको सप्लिमेन्ट खानुपर्ने हुनसक्छ । पोषण नपुग्दा पनि हामी चाँडै बिरामी हुन सक्छौं ।

२. केरा

एनर्जी ड्रिंक्सजस्तै केराले पनि धेरै ऊर्जा दिने पत्ता लागेकाले विहान २ कोसा केरा नित्य खानाले स्वास्थ्यमा राम्रो फाइदा दिनेछ ।

रोगवाट बच्न खानुपर्ने खानेकुराहरु

१. लसुन

लसुन एक प्राकृतिक एन्टी बायोटिक र सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ । लसुनले शरिरमा ती हर्मोनलाई सक्रिय गर्न काम गर्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् ।

२. ग्रीन टी

पछिल्लो केही वर्षमा ग्रिन टी निकै लोकप्रिय भइसकेको छ । ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले शरिरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ ।

३. पुदीना

एक कप मनतातो पानीमा पुदीनाका केही पात हाल्नुहोस् । पेटको बोसो कम गर्न पुदीना यो उपाय निकै प्रभावकारी हुन्छ ।

४. दालचीनी

यदि तपाईंसँग तौल घटाउनका लागि धेरै दिन छैन भने दालचीनीको उपाय तपाईंको लागि फाइदाजनक हुनेछ । बिहानको नास्ताभन्दा पहिले र सुत्नुभन्दा पहिले यसको प्रयोग गर्न सक्नुहुन्छ ।

५. स्याउ

स्याउ खाएर आफ्नो बढिरहेको बोसोलाई तपाईं घटाउन सक्नुहुन्छ । स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन जसले तौल कम गर्न मद्दत गर्दछ । स्याउको नियमित सेवन गर्ने महिलाको सेक्स हर्मोन सक्रिय हुने हुनाले सेक्स चाहना कम हुने महिलाले नियमित स्याउ खानु राम्रो हुनेछ ।

६. बेसार

बेसार पनि लसुन जस्तै प्राकृतिक एन्टी बायोटिक भएकाले हाम्रो खानामा समावेश भएको हुन्छ । यसले पनि रोग लाग्नुबाट बचाउन ठूलो भूमिका खेलेको छ । यसले पनि क्यान्सरबाट बचाउन मद्दत गर्दछ ।

नोट : तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई सेयर गर्नुहोला । तपाईको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

यो पनि पढनुहोस्

जाडोमा के खाने ? यस्ता छन् जान्नैपर्ने कुराहरु

लामो आयु बाँच्न कस्तो खाना खाने ? जानी राखौ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!