स्वास्थ्यहेल्थ टिप्स

तपाईको सास कहिलेकाही अचानक रोकिए के गर्ने ? सीपीआर भनेको के हो ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सीपीआरलाई अंग्रेजीमा कार्डियो पल्मोनरी रिससिटैशन (Cardio Pulmonary Resuscitation) भन्दछन् । कहिलेकाही सास रोकिएर मानिसको ज्यान जाने खतरा हुन सक्छ त्यस्तो आपतकालिन अवस्थामा गरिने उपचारलाई छोटो शब्दमा सीपीआर भन्दछन् ।

यस्तो अवस्थामा तालिम प्राप्त ब्यक्तिले यो उपचार गर्न सक्दछ । यस्ता तालिम प्राप्त व्यक्तिको अभावमा ३० पटकसम्म छातीमा दबाब दिनाले ब्लडको दौर मस्तिष्कमा पुगी पुन फर्कने हुन्छ । यसरी गर्दा पनि नभए मुखमा मुख जोडेर सास दिनाले यस्ता व्यक्तिलाई पनि पुनर्जीवन दिन या बचाउन सकिन्छ ।

सीपीआर हार्ट अटेक, कार्डियक अरेस्ट, पानीमा डुब्दा वा सास बन्द हुदा वा करेन्ट लागेर बेहोस हुदा गरिने उपचारलाई भन्दछन् । यस्तो उपचार अनुभव प्राप्त ब्यक्तिले तालिम प्राप्त व्यक्तिको अभावमा गर्न सक्नेछन् । यस्ता बिरामी हस्पिटल लग्दा मृत घोषित गर्न सक्ने छन् ।

सीपीआरमा बेहोस भएको व्यक्तिलाई मुखमा मुख जोडेर सास दिने र छातीमा दबाब दिने गरेको हुन्छ । यसरी सास दिदा बेहोस व्यक्तिको फोक्सोमा अक्सिजन पुग्न थाल्दछ । यसरी दबाब दिदा धडकन सामान्य नहुदासम्म दबाब दिनुपर्ने हुन्छ । तर धड्कन सामान्य अवस्थामा फर्कन थालेपछि भने यस्तो उपचारको कुनै आवश्यक छैन ।

यस्तो समस्या कुनै पनि बेला हुन सक्ने भएकाले यस्तो तालिम हरेकले लिनुपर्ने देखिएको छ । यो तालिम स्वास्थ्य समस्थामा लिन सकिन्छ । यस्तो तालिम आम नागरिकलाई दिनुपर्ने देखिन्छ । यस्तो तालिम प्राप्त व्यक्तिले असमयमा हुने मृत्युलाई रोक्न सक्छ ।

एक अध्ययनले यो कुरा थाहा हुन आएको छ कि यदि यस्तो तालिम सबैलाई दिन सकिन्छ भने असमयमा हुने मृत्युलाई रोक्न सकिनेछ । घटना हुनासाथ यो उपचार दिनुपर्ने हुन्छ । तालिम प्राप्त व्यक्तिको अभावमा बेहोस व्यक्तिको ज्यान जान सक्ने देखिएको छ ।

यो पनि पढनुहोस्

आज खण्डग्रास सुर्यग्रहण लाग्दैछ, ग्रहण लाग्दा के गर्नुहुँदैन ?

जाडोमा के खाने ? यस्ता छन् जान्नैपर्ने कुराहरु

लामो आयु बाँच्न कस्तो खाना खाने ? जानी राखौ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!