विज्ञान

आज खण्डग्रास सुर्यग्रहण लाग्दैछ, ग्रहण लाग्दा के गर्नुहुँदैन ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज करीव पौने ३ घण्टा खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यो ग्रहण बिहान ८ बजेर ४२ मिनेटमा लागेर बिहान ११ बजेर ३१ मिनेटमा सकिनेछ । यो ग्रहणको पुरा समय २ घण्टा ४९ मिनेटको हुनेछ ।

यो एकदमै दुर्लभ खगोलिय घटना हो । मूल नक्षत्र तथा धनु राशिमा लाग्ने यस ग्रहणको विभिन्न राशिमा पनि यसको प्रभाव पर्ने बताइएको छ । करिब ६ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि आजको यो ग्रहणलाई विशेष रुपमा हेरिएको छ ।

खगोल ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाँले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ । सामान्यतयः सूर्य र चन्द्र बिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो ।

यस समयमा विशेषगरी गर्भवती, बच्चा, रोगी र ज्येष्ठ नागरिक ग्रहणको समय खुल्ला आकाशमा निस्किन नहुने बताइएको छ । ग्रहण लाग्नु करीव १२ घण्टा अगाडिबाट भोजन गर्न नहुने र कुनै पनि शुभकार्य र पूजा गर्न नहुने शास्त्रीय मान्यता छ ।

ग्रहण लागेको बेला आटो, चामल, चिनी, दाल दान गर्दा राम्रो हुने जनविश्वास छ । ग्रहणको नराम्रो प्रभावबाट बच्न श्रीमद्भागवत् गीता पाठ गर्नु उत्तम हुने शास्त्रमा वर्णित छ ।

ग्रहण लाग्दा के गर्नुहुँदैन ?

ग्रहण लागेको समयमा खाना नपकाउनु यदि पकाई सकेको भए त्यसलाई नखानु भनेको छ । ग्रहणको समयमा खाना खानुहुँदैन भन्ने शास्त्रमा उल्लेख छ । यो ग्रहण सुरू हुनासाथ ॐ नमो शिवायको जाप गर्नाले स्वास्थ्य लाभ हुने कुरा भनिएको छ ।

यो पनि पढनुहोस्

जाडोमा के खाने ? यस्ता छन् जान्नैपर्ने कुराहरु

लामो आयु बाँच्न कस्तो खाना खाने ? जानी राखौ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!