जीवन-दर्शन

यस्तो छ सफलताको रहस्यको सुत्र, अपनाएर उठाउ फाइदा

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

यस्तो छ सफलताको रहस्यको सुत्र, अपनाएर उठाउ फाइदा ! जब-जब गलत काम हुन थाल्छ त्यहाँ विद्रोह शुरु हुन्छ । गतल नहोस् भन्नको लागि सोचलाई बदल्न सक्नुपर्छ । जनभावना बिपरित काम गर्दा राजसंस्था किनारा लाग्नु परेको थियो भोली जनताको भावना विपरीत काम गर्दा लोकतन्त्र पनि किनारा लाग्न सक्छ ।

पाएको उपलब्धिलाई सहि तरिकाले प्रयोग गरौं । भ्रष्टाचार उन्मुलन गर्दै बन्द उद्योग खोल्न र नयाँ उद्योग स्थापनातर्फ ध्यान दिन सके यहाँ आन्दोलन गर्ने कोही रहने छैनन् । खाली समय सैतानको घर त्यति बेला शुरू हुन्छ जब उ खाली हुन्छ । त्यस्ता व्यक्तिलाई काम दिनोस् को बोल्छ र को सडकमा उत्रन्छ ?

मेरो भन्नुको अर्थ हो काम गर्दा जुन आनन्द हजुले पाउन थाल्नु हुन्छ त्यो काम नगर्दा कदापि पाउन सक्नु हुदैन । प्रकृतिले हामीलाई त्यसै बस्न बनाएको होइन केहि उपलब्धि होस् भनेर बनाएको हो । आज हामीले अरूले गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भए यो सवै काम कसरी भयो भन्नुहोला यो सवै कामले भएको थियो ।

दिमागलाई जति धेरै प्रयोग गर्नुस् त्यति नै धेरै नयाँ-नयाँ कुराले स्थान पाउन सक्छ । काम गरेर कोही सानो हुदैन जति काम गर्नुहुन्छ त्यति नै अनुभव बटुल्न सक्नुहुन्छ । मेरो कुरालाई सत्य सावित गर्न सोच्नुभयो भने विश्वलाई चकित पार्न सक्ने खुबी हजुरमा पैदा हुन थाल्नेछ ।

हिन भावना मानिसको ठूलो शत्रु हो जति-जति खाली बस्नु हुन्छ त्यति त्यति नै तपाईको दिमागमा फोहर जम्मा हुदै जान्छ जति-जति दिमागलाई प्रयोग गर्नुहुन्छ त्यति-त्यति नै नयाँ कुराले स्थान पाउन थाल्दछ । फोहरको ठाउँमा राम्रो-राम्रो कुराले स्थान ओगट्न थाल्दछ ।

एकपटक एक जना व्यक्तिले मलाई सोध्नुभयो मैले सेक्स गर्न सकिरहेको छैन सिघ्र स्खलनको समस्या छ भन्नुभयो मैले उहाँलाई औषधि दिएको भए हुने थियो तर मैले यसो नगरी जतिसक्दो सकि नसकि दैनिक सेक्स गर्नुस र हेर्नुस हजुरको समस्या समाधान हुन्छ ।

केहि दिनपछि भेट हुँदा मैले सोधे के भयो हास्दै भन्नुभयो हजुरले सिकाएको कुरा ठिक रहेछ । कुनै पनि अंगलाई सक्रिय बनाउनुहोस् त्यति नै त्यो अंगले काम गर्न थाल्दछ । हजुरले नसोचेको उपलब्धि हजुरको हात लाग्नेछ । कुनैपनि अंगलाई सक्रिय बनाउन काम गर्नुपर्ने हुन्छ ।

जति-जति हामी काम गर्छौं त्यति त्यति नै अनुभव बटुल्दै जानेछौं । जति-जति हामीले कुनै पनि अंगलाई प्रयोग गर्छौ त्यति नै त्यो अंगले काम गर्न थाल्दछ । राम्रो काम गर्दा दिमागले राम्रो सन्देश फरवार्ड गर्छ भने खराब काम गर्दा दिमागले पनि जस्तो निर्देशन हामीले दिमागलाई दिन्छौं त्यस्तै काम दिमागले गर्न थाल्दछ ।

हामी जस्ता व्यक्तिनै वैज्ञानिक बनेका थिए डाक्टर बनेका थिए । यदि हामीले मेहनत गर्न सकेको भए सायद यो सम्भव थियो तर हामीले मेहनत गर्न सकेनौं यही हाम्रो कमजोरी थियो भन्दा खासै फरक छैन । मेहनतको प्रतिफल चाख्न चाहनु हुन्छ भने यो शरीरलाई निस्कृय होइन सक्रिय बनाउनुस र हेर्नुहोस् भोलीदेखि मलाई भगवान सम्झन थाल्नु हुनेछ ।

यो पनि पढनुहोस् 

जन्मको सफलता

सफलताको तान्त्रिक रहस्य

विश्वासभित्र लुकेको मनोविज्ञान र सफलता

जीवनमा सुखी र सफल हुन गर्नुहोस् यसो

जीवनमा खुसी हुन र व्यापार बढाउन गर्नुस यसो

जीवनमा सफल हुन के गर्नुपर्ला ? डा. राम बहादुर बोहराका उपयोगी टिप्सहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!