खानपान

होशियार दुधसँग कहिल्यै पनि नखानुहोस् यी खानेकुराहरु

साधारणतया दूधमा ८५ प्रतिशत पानी हुन्छ र बाँकी भागमा ठोस तत्त्व वा खनिज तथा बोसो हुन्छ । दुध मा क्याल्सियम, भिटामिन डि र संयुग्मित लिनोलिक एसिडको मात्रा उच्च हुन्छ । दुध सेवन गर्दा कोलोरेक्टल, स्तन र पेटको क्यान्सरको जोखिम कम हुन्छ । दूध प्रोटिन, क्याल्सियम र राइबोफ्लेविन (भिटामिन बी२) युक्त हुन्छ । यस वाहेक यसमा भिटामिन ए, डी र ई सहित फस्फोरस, म्याग्नेसियम, आयोडीन तथा धेरै खनिज र बोसो तथा ऊर्जा पनि हुन्छ । गाईको दुध भैसीको भन्दा स्वास्थ्यको लागि राम्रो मानिन्छ । जुनसुकै खानासँग दुध खानु हुदैन वा दुध खाने बित्तिकै यी खानेकुराहरु खाएमा ‘फुड पोइजनिङ’ हुन्छ । दुधसँग खान नहुने खानेकुराहरु यस प्रकार छन् :

१. दहीसँग दुध

दही र दुधसँगै पिउदा छालाको रोग लाग्ने सम्भावना हुनाले दुधसँग दही कहिल्यै पनि नपिउनुहोस् ।

२. मूला, माछामासु जस्ता पदार्थसँग दुध

दुधको साथमा मूला, माछामासु खाँदा तपाईको छालामा समस्या देखिन सक्ने भएकोले दुधसँग यी खानेकुराहरु कहिल्यै पनि नखानुहोस् । यी खानेकुराहरुसंग दुध खाएमा एकैपटक शरीरले पचाउँन सक्दैन र सेतो दाग वा ‘फ्लेरी’ हुन शुरु गर्दछ ।

३. कालो दालसँग दुध

हामीले प्राय: दुध खानासँग खाने गर्छौ तर खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन, उल्टै असर गर्छ ।

४. नुन र करेलासँग दुध

दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।

५. तिलको सेवनसँग दुध

दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।

६. कागतीसँग दुध

दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।

७. सुत्नुभन्दा अघि तातो दुध

सुत्नु भन्दा तीनघण्टा अगाडि दुध पिउनु फाइदाजनक हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ ।

८. रहरको दाल

रहरको दाल र दुध दुवैले पच्नका लागि धेरै समय लिन्छन । यी दुवै खानेकुराहरु एकै चोटी खानाले अपच हुने र ग्याँसको समस्या देखापर्न सक्छ ।

९. नुनिलो खानेकुराहरु

दुधको साथमा चिप्स, नमकिन जस्ता खानेकुराहरु नखानुहोस् । नुनको कारण दुधमा हुने प्रोटिनको पुरै फाइदा हाम्रो शरिरले लिन सक्दैन र छालासँग सम्बन्धित समस्याहरु देखा पर्न पनि सक्छन् ।

१०. केरा

रुघाखोकी, कफको समस्या छ भने दुधको साथमा केरा नखानुहोला । यसले झनै खोकी बढाँउछ ।

११. प्याज

खानामा प्याज छ भने खानासँग वा खानापछि दुध नखानुहोला । यो मिश्रणले छालामा दाद, एलर्जी सोराइसिस लगायतका समस्या निम्तिन सक्छन् ।

१२. खुर्सानी र मसलादार खाना

खुर्सानी र मसलादार खाना खाँदै हुनुहुन्छ भने यसको साथमा दुध र दुधजन्य परिकारहरु नखानुहोला । यी खानेकुराहरु सँगसँगै खाएमा पेट दुख्ने, एसिडिटि, ग्यास र बान्ता हुने जस्ता समस्याहरु आउन सक्छन् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

थप सम्पर्कको लागि

डा. राम बहादुर बोहरा

कुमारवर्ती हेल्थ क्लिनिक/कुमारवर्ती औषधालय/ बोहरा होम्योपैथिक फार्मेसी

मध्यबिंदु नगरपालिका, नवलपरासी, नेपाल

सम्पर्क : ९८५७०-४०२९८, ०७८-४१००२९

यो पनि पढ्नुहोस् 

खाना खाने वित्तिकै कहिल्यै पनि यी कामहरु कदापी नगर्नुस्

किन र कसरी हुन्छ फुड पोइजनिङ ?

सावधान ! यी खानाहरु खाँदा मानिसको तत्काल मृत्यु हुन्छ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!