खानपान

फ्रिजमा राख्न नहुने खानेकुराहरु

प्रविधिको विकाससँगै पछिल्लो समय फ्रिज प्रयोगकर्ताहरु नेपालमा पनि बढी रहेका छन् । गर्मीको समयमा खाना छिट्टै बिग्रने गर्छ । त्यसैले खाना बिग्रन नदिनको लागी खानालाई फ्रिजमा राखिने गरिन्छ । तर कतिपय खानाहरु हामीले फ्रिजमा राख्दा त्यस्ता खानेकुराहरु स्वास्थ्यको लागी निकै हानिकारक हुने गर्छन् । कतिपय खानेकुराहरु फ्रिजमा राख्दा तिनीहरुमा रहेको पौष्टिक तत्वहरु नष्ट भएर जान्छन् । हरेक खानेकुरालाई ताजा राख्न फ्रिजको प्रयोग गर्ने गरिन्छ । तर, एक स्वास्थ्य रिपोर्ट अनुसार सबै खानेकुरा फ्रिजमा ताजा नरहने कुरा पत्ता लागेको छ । स्वास्थ्यको दृष्टिकोणले फ्रिजमा राख्न नहुने खानेकुराहरु यस प्रकार छन् ।

यो पनि पढ्नुहोस् 

मुड फ्रेश बनाउने खानेकुराहरु

शरीर कमजोर हुँदा खाने खानेकुराहरु

शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु र जडीबुटीहरु

हाई ब्लडप्रेशर हुँदा खान हुने खानेकुराहरु

यूरिक एसिड बढ्दा खान नहुने खानेकुराहरु

उच्च रक्तचापमा खान नहुने खानेकुराहरु

आँखा तेजिला बनाउन खानुहोस् यस्ता खानेकुराहरु

१. टमाटर

टमाटरलाई फ्रिजमा राख्नाले यसको स्वाद बिग्रिन्छ । फ्रिजको चिसोले टमाटरको भित्री झिल्ली टुट्छ । जसका कारण यो मुलायम हुन जान्छ । फ्रिजमा राख्दा टमाटर भित्रको ‘मेम्ब्रन’ टुट्छ र टमाटर चाँडै गल्छ अनि बिग्रिन्छ ।

२. केरा
यसबाट इथाइलिन ग्यास निस्किन्छ जसले आसपासका फलहरुलाई चाँडै पकाइदिन्छ ।

३. पाउरोटी

फ्रिजभित्रको चिसो तापक्रमले पाउरोटीमा डिहाइड्रेसनको प्रक्रिया छिटो हुन्छ । यसबाट पाउरोटी चाँडै सुक्छ र बिग्रन्छ ।

४. आलु

आलु पनि फ्रिजमा राख्नु हुँदैन । फ्रिजमा राखिएको आलुमा पानी बढी हुन्छ र यसले स्वाद पनि विगारिदिन्छ । चिसो तापमानमा आलु राख्दा स्टार्च सुगरमा बदलिन्छ । आलुलाई पेपर ब्यागमा राखेर घरको अँध्यारो र चिसो ठाउँमा राख्दा राम्रो हुन्छ ।

५. अण्डा

धेरै दिनसम्म अण्डालाई फ्रिजमा राख्दा यसको योक सुक्छ र न्युट्रियन्स कम हुन सक्छ ।

६. लसुन र प्याज

आलुको जस्तै लसुन र प्याजमा पनि फ्रिजमा राख्दा उस्तै समस्या आइलाग्छ । प्याजमा चिसोपना धेरै हुन्छ र फ्रिजमा राख्दा यसको बोक्रा गल्छ । लसुन र प्याज पनि चिसो र अँध्यारो ठाउँमा राख्नुपर्छ ।

७. जैतुनको तेल

जैतुनको तेल (ओलिभ आयल) खान मात्रै होइन, कपाल र शरीरमा प्रयोग गर्न खरिद गरिन्छ । तर, यसलाई कहिल्यै फ्रिजमा राख्नु हुँदैन । कम तापक्रममा राख्दा यस्तो प्राकृतिक गुण नष्ट हुन्छ । सूर्यको प्रकाश, ग्यास स्टोभको आसपासमा पनि यसलाई राख्नु हुन्न । जैतुनको तेल फ्रिजमा राख्नुहुँदैन । कम तापमानमा यो संघनित भएर मही जस्तै गाढा हुन्छ ।

८. रोटी

धेरैले रोटी खराब हुन्छ भनेर यसलाई राख्ने ठाउँ फ्रिज रोज्छन् । फ्रिजमा राखेको रोटी चाँडै सुक्छ र यसमा रहेको तत्व हराउँछ ।

९. तुलसी

तुलसी फ्रिजमा राख्नाले यसको आसपासका राखेका खानाको समेत सुगन्ध सोस्छ वा तुलसीको सुगन्ध हावी हुन्छ । जसले गर्दा अरुको समेत स्वाद हराउँछ । तुलसी पानीमा राख्नुपर्छ ।

१०. कफी पाउडर

कफी कहिल्यै फ्रिजमा नराखौँ । यसको स्वाद बिग्रने मात्रै होइन, आसपासको खानामा यसको सुगन्ध हावी भइदिन सक्छ । कफीले फ्रिजमा राखिएका अन्य वस्तुहरुको वास्ना सोस्छ र यसको आफ्नो वास्ना कम हुन्छ ।

Like & Follow us on Facebook

११. निबुवा र सुन्तला

यसमा साइट्र एसिड हुन्छ, त्यसैले फ्रिजभित्रको चिसो सहन सक्दैन । फ्रिजमा राख्दा यसमा दाग आउछ र स्वाद पनि फेरिन्छ ।

१२. मह

यसको डब्बालाई पातलो प्लाष्टिकले बेरेर राख्नुपर्छ । फ्रिजमा राख्दा मह गाढा हुन्छ र यसमा क्रिस्टल बन्न थाल्छ ।

१३. स्याउ

फ्रिजमा राख्दा यसमा रहेको एन्जाइम सक्रिय हुन्छन् र स्याउ चाँडै पाक्छ । राख्ने नै हो भने कागजमा लपेटेर राख्नुपर्छ ।

१४. अचार

अचारमा भिनेगार धेरै हुन्छ । यसलाई किचेनको चिसोमा राख्दा राम्रो हुन्छ । यसलाई फ्रिजमा राख्दा अन्य खानेकुरा समेत खराब गरिदिने खतरा हुन्छ । एजेन्सी

१५. हरियो पत्ता भएका फलफुल

केही दिनसम्म फ्रिजमा राख्दा पत्ता सुक्छ र तरकारी चाँडै बिग्रिन्छ ।

१६. तरबुजा र खरबुजा

काटेपछि तरबुजा र खरबुजा फ्रिजमा राख्न सक्रिन्छ तर सिंगो दानालाई कहिल्यै फ्रिजमा नराख्नुहोस् । यो फलमा अत्यधिक एन्टिअक्सिडेन्ट हुन्छ, जुन फ्रिजमा राखेपछि बिग्रिन्छ । काँक्रो, तरबुजा र खरबुजा खानुअघि एकैछिन भने चिसो बनाउनका लागि मात्रै फ्रिजमा राख्न सकिन्छ ।

१७. पनिर

पनिरका लागि पनि फ्रिज उपयुक्त ठाउँ होइन । खासगरी पकाएको पनिर र त्यसबाट बनेका खानेकुराहरु फ्रिजमा राख्दा स्वादहिन हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!