स्वास्थ्य

महिलाहरुले स्वस्थ रहन अपनाउनुपर्ने १० सुझावहरु

प्रत्येक मानिस आफूलाई स्वस्थ राख्न चाहन्छ र यसका लागि आफूले सक्ने हर प्रयास गर्ने गर्छ । आफूलाई स्वस्थ राख्नका लागी सकेसम्म आफ्नो शरिरको ख्याल गरेर खाने, हिड्ने, रमाइलो गर्ने गर्छन् । मानिस सधै स्वस्थ रहनु निकै नै गाह्रो हुन्छ तर अस्वस्थतालाई कम गर्न भने सकिन्छ । आफ्नो दैनिक जीवनमा गर्ने केही कार्यहरूले मानिसको स्वास्थ्यलाई असर गर्छ । महिलाहरुलाई स्वस्थ रहने १० सुझावहरु यस प्रकार छन् ।

यो पनि पढ्नुहोस्

स्वस्थ्य जीवनशैलीका सूत्रहरू

स्वस्थ शरीरका लक्षणहरु

अस्वस्थ शरीरका लक्षणहरु

के तपाईं स्वस्थ रहन चाहनुहुन्छ ?

आँखा स्वस्थ राख्न ध्यान दिनुपर्ने ९ टिप्सहरु

स्वस्थ जीवनको लागि कति र कसरी पानी पिउने ?

१. तनाव निर्मूल पार्नुहोस्

अधिकांश महिला अनावश्यक रुपमा तनाव लिइरहेका हुन्छन् । तनावले प्रजनन् क्षमतादेखि डिप्रेसन, ‘एन्जाइटी’ र मुटुसम्बन्धी रोगको जोखिम बढ्छ। त्यसैले सकेसम्म तनाव लिनु हुँदैन । तनावरहित हुन हरदम कोसिस गर्नुपर्छ । तपाईंले लिएको तनावले तपाईंको काम बन्दैन बरु स्वास्थ्य बिगार्छ । आफूलाई तनाव नहुने उपाय खोज्ने र निरन्तर अवलम्बन गर्ने गर्नुहोस् ।

२. डाइटिङ नगर्नुहोस्

स्वस्थकर भोजनको अर्थ घरिघरि एक ग्लास वाइन, एक टुक्रा चकलेट वा केकको एक टुक्रा खानु होइन, बरु भोजनमा संयम र सुधार ल्याउनु हो । थोरै प्रोटिनयुक्त, स्वस्थ्यकर फ्याटयुक्त, कार्बोहाइड्रेट र फाइबर मिश्रित भोजन गर्नु उपयुक्त हुन्छ ।

३. क्याल्सियम बढी मात्रा नलिने

शरीरमा धेरै मात्रामा क्याल्सियम भए मिर्गौलामा पत्थरी हुने सम्भावना हुन्छ । साथै, मुटसम्बन्धी रोगको जोखिम पनि बढ्छ । तपाईं ५० वर्षमुनि हुनुहुन्छ भने दैनिक एक हजार मिलिग्राम र ५० वर्षमाथि भए एक हजार दुई सय मिलिग्राम क्याल्सियम भए पुग्छ । यो क्याल्सियम पनि खासगरी भोजनबाट प्राप्त गर्नु उपयुक्त हुन्छ । जस्तो कि क्याल्सियमयुक्त खानेकुरा-दुध, साल्मन माछा, हाडे बदाम आदि खानुपर्छ ।

४. पर्याप्त व्यायाम गर्नुहोस्

महिलालाई मुटु बलियो पार्न र रोगप्रतिरोध क्षमता बढाउन ‘वेट बियरिङ एक्सरसाइज’ (शरीरको वजन वहन क्षमता बढाउने व्यायाम) सातामा पाँच दिन गर्नुपर्छ । जस्तै – नृत्य, जगिङ, कम्तिमा ३० मिनेट हिँड्नु, पौडी खेल्नु आदि । व्यायामले ‘ओस्टोपोरोसिस’जस्ता हाडसम्बन्धी रोग, मुटुसम्बन्धी रोग, क्यान्सर मधुमेह जस्ता रोगबाट जोगिन सघाउँछ। व्यायामले महिलामा आत्मविश्वास बढाउनुका साथै आफूप्रतिको धारणा पनि सकारात्मक बनाउने हुनाले मानसिक स्वास्थ्य सबल हुन्छ ।

५. प्रजननवारे बेलैमा विचार गर्नुहोस्

३० वर्ष हाराहारीका अधिकांश महिलालाई गर्भवती हुँदा खासै समस्या आउँदैन । तर, सामान्यतया ३२ वर्षको उमेरपछि महिलाको प्रजनन् क्षमता घट्न थाल्छ । त्यसैले आफ्नो करियर बनाउन सन्तान ढिलो जन्माउने सम्बन्धमा चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ । (अहिले विदेशमा महिलाको ‘अन्डा’ वा विवाहित भए ‘भ्रुण’ नै पनि फ्रिज गर्ने प्रविधि आइसकेको छ, तर महँगो छ।)

Like & Follow us on Facebook

६. गर्भ निरोधक प्रयोग

गर्भ निरोधकको प्रयोगले गर्भवती हुनबाट मात्र सुरक्षा दिँदैन, यससम्बन्धी भएका अध्ययनले पाठेघर र ओभ्यारियन क्यान्सरको जोखिम घटाउनुका साथै महिनावारी समेत नियमित गर्ने देखाएका छन् ।

७. बर्सेनि स्वास्थ्य परीक्षण गराउनुहोस्

२१ वर्ष पुगेका महिलाले ३-३ वर्षमा पाठेघरको मुख (सर्भाइकल) को क्यान्सर’ परीक्षण ‘प्याप स्मेयर टेस्ट’ गराउनुपर्छ। ३०-६५ वर्ष उमेर समूहका महिलाले ५-५ वर्षमा प्याप स्मेयर टेस्टसँगै ‘एचभिपी’ टेस्ट गर्नुपर्छ । ६५ वर्षभन्दा माथिका महिलाले भने चिकित्सकले क्यान्सरको सम्भावना न्यून बताए टेस्ट गरिरहनु पर्दैन । तर, सक्रिय यौनजीवन बिताइरहेका महिलाले भने गनोरिया, भिरिंगीजस्ता सरुवा रोगको बर्सेनि परीक्षण गराउनुपर्छ भने एचआइभीको पनि परीक्षण गराउनुपर्छ ।

८. स्वस्थ यौन सम्पर्क

स्वस्थ यौन सम्पर्कले तनाव घटाउँछ भने दीर्घ (क्रोनिक) रोगको जोखिम पनि न्यून पार्छ । तर, यौनबाट आनन्द आउन छोड्यो भने त्यसले थप तनाव दिन्छ । यौन सम्पर्कमा सुख्खापन वा पीडा हुन थाले चिकित्सकसँग परामर्श लिनुपर्छ ।

९. पर्याप्त सुत्नुहोस्

व्यक्ति अनुसार कति घन्टा सुत्ने समय फरक फरक हुन सक्छ । तर, बिहान ओछ्यानबाट उठ्न अल्छि लाग्ने, छिटै थाक्ने, एकाग्र हुन कठिन हुने, ब्युझिँन कठिन हुने जस्ता कुराले तपाईं पर्याप्त सुत्नुभएको छैन भन्ने दर्शाउँछ । हालै भएका अध्ययनले निद्रा नपुग्दा मुटुसम्बन्धी रोग र मानसिक रोगको जोखिम उच्च हुने देखाएका छन् । त्यसैले शरीरलाई आराम पुग्नेगरी पर्याप्त सुत्नुपर्छ ।

१०. जेनेटिक परीक्षण

स्तन क्यान्सर, ‘ओभ्यारियन क्यान्सर’ र विभिन्न दीर्घरोगको जोखिमको मात्रा थाहा पाउन र रोकथाम गर्न हिजोआज ‘जेनेटिक’ परीक्षण गर्न सकिन्छ । चिकित्सकहरूले महिलामा यस्ता रोगको जोखिम थाहा पाउन जेनेटिक परीक्षणको सहायता लिन थालेका छन् । त्यसैले चिकित्सकसँग परामर्श गरी जेनेटिक परीक्षण गरी यस्ता रोगबाट बेलैमा जोगिने उपाय गर्न सक्नुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!