राजनीति

महिलाको अधिकार र नेपालको अवस्था

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

महिलाले आफ्नो जीवनको निर्णय आफै गर्ने अधिकार पाउनु पर्दछ । तर नेपाली महिलाहरुको भने नेतृत्व बिकास हुन सकेको छैन । नेपाली समुदायमा महिलाहरुको संख्या झन्डै पुरुष सरह नै देखिएतापनि समाजको नीति निर्माण क्रियाकलापहरुमा महिलाहरुको संख्या अति नै न्यूनतम रहेको देखिएको छ ।

जसले गर्दा महिला बर्ग ओझेलमा परिरहेका छन किन हुन सकेको छैन त नेपाली महिलाहरुको नेतृत्व बिकास ? भनिन्छ महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् भनेर जो एक अर्का बिना अगाडि बढ्न सक्दैन । जसको अर्थ देश बिकासमा दुबैको उत्तिकै भूमिका रहनुपर्ने हो तर देखिएको छैन ।

अहिले एक्काईशौ शताब्दीमा आएर पनि नेपाली महिलाको नेतृत्व विकास हुन नसक्नु भनेको अत्यन्तै दु:खको कुरा हो । देशमा मात्र नभएर बिदेशमा आईपुगेर पनि नेपाली महिलाहरुको मानसिकता कमजोर देखिएको छ । वर्तमान अवस्थालाई नियालेर हेर्ने हो भने पुरूष भन्दा चाहे शिक्षाको क्षेत्रमा होस् या अन्य क्षेत्रमा किन नहोस् महिला धेरै अगाडि भएको देखिएको छ ।

यति हुदाहुदै पनि महिलाले छोरा सरह अधिकार पाउन सकेका छैनन् । आज पनि नियालेर हेर्ने हो भने परिवारमा छोरा पाउने रहर महिलामा नै बढी देखिएको छ । सन्तान चाहे छोरा होस् या छोरी दुवै एक हुन तर समाजमा छोरीलाई भन्दा बढी छोरा लाई महत्व दिएको पाइन्छ । समय परिवर्तन भइसकेको छ । छोराले गर्न नसक्ने काम पनि छोरीले गर्न थालेका छन् ।

छोरीलाई सम्पत्ती होइन शिक्षा दिनुभयो भने भोली छोरा सरह उसले पनि आफ्नो भूमिका निभाउन सक्नेछन् । नेपाली समुदायमा छोराकाई अंश दिने परम्परा छ तर यसलाई हटाएर शिक्षा नै आवश्यक छ । यसले आफै केहि गर्नुपर्छ भन्ने भावनाको विकास हुन सक्नेछ । परिवर्तन समयको माग हो शिक्षालाई विकासमा परिवर्तन गर्दै टेक्निकल शिक्षामा रूपान्तरण गर्नुपर्दछ ।

स्वतन्त्र रुपमा महिलाहरु पनि पुरुष सरह हरेक कुरामा अघि बढ्छन । आफ्नो जीवनको निर्णय आफै गर्न पाउने स्वतन्त्रताका साथ प्रजातान्त्रिक मुलुकमा रहेर पनि नेपाली महिलाहरुको भने नेतृत्व बिकास हुन सकेको छैन । नेपाली समुदायमा महिलाहरुको जनसंख्या झन्डै पुरुष भन्दा अलि बढी नै देखिएतापनि समाजको नीति निर्माण क्रियाकलापहरुमा महिलाहरुको संख्या अति नै न्यूनतम रहेको अवस्थाले गर्दा महिलाहरुको बिचार र मान्यता समाज र देश निर्माणका कामहरुमा आउन सकिरहेको अवस्था छैन । जसले गर्दा महिला बर्ग ओझेलमा परिरहेका छन । किन हुन सकेको छैन त नेपाली महिलाहरुको नेतृत्व बिकास बिकसित देशमा बसेर पनि ?

भनिन्छ महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् भनेर जो एक अर्काबिना अगाडि बढ्न सक्दैन । जसको अर्थ देश बिकासमा दुबैको उत्तिकै भूमिका रहन्छ । महिला भनेको समाजको आधा अंग हुन् । जसले परिवार, समाजको उन्नात्तिमा ठुलो योगदान पुर्याउदछ । नेपाली समाजमा महिलाहरुलाईको बिचारलाई समावेश गर्ने तथा उनीहरुलाई हौसला एवं प्रोत्साहन दिएर आगडि बढ्ने बाताबरण दिने खालको सोचको बिकास अझै भईसकेको छैन ।

तर, अहिलेको आधुनिक एबं बैज्ञानिक युगमा महिला कमजोर छैनन् । हाम्रो नेपाली समाजको सोच्ने शक्ति कमजोर हो । यसलाई परिबर्तन गर्न समानता र बिकासमा बिश्वास राख्ने सोचहरु एकजुट भएर महिला र पुरुषको हकअधिकार र अवसरमा बराबरी ल्याउँनुछ । महिलाले पनि स्वाभिमान, स्वस्तित्व एवं स्वतन्त्र जीवन जिउँनुछ । त्यस्तै परिवार, समाज र राष्ट्र निर्माणको हरेक क्रियाकलापमा महिलाको बिचार र भूमिका समाबेश हुन अति नै महत्वपूर्ण छ । किनकी एउटी महिलाको बिकास भनेको एउटा परिवार, समाजको बिकास हो । त्यसैले म भन्न चाहान्छु महिलाको नेतृत्व बिकास आजको आवश्याकता हो ।

यो पनि पढनुहोस्

महिलाहरु पुरूषबाट यस्तो अपेक्षा गर्छन्

कहाँ छ महिला अधिकार ब्यबहारमा ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!