आयुर्वेद

जडीबुटीबारे महत्वपूर्ण जान्नुपर्ने कुराहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जडिबुटीबारे लेख्नुपूर्व मलाई एउटा कुरा भन्न मन लाग्यो हामी जडिबुटी प्रयोग गर्न किन डराउछौं । जडिबुटी ५००० हजार बर्ष पूर्वदेखि परम्परागत तथा एक पुस्ताले अर्को पुस्तालाई भन्दै आएका जडीबुटी उपचार आधुनिक औषधोपचार भन्दा धेरै सुरक्षित हुन्छन्‌ तर प्रयोग हुन सकिरहेका छैनन् ।

यसको ठोस् कारण हो गलत प्रचार-प्रसार । आज स्वदेशी वस्तुमा विश्वास कम हुनु विदेशी समानमा बढी विश्वास बढ्नु । जडिबुटी विशालु हुदैनन् तर सहि तरिकाले प्रयोग गर्ने तरिकामा भर पर्छ । उदाहरण हामीले धतुरा कै कुरा गरौं बढी खाएमा यसले असर गर्न सक्छ तर कम डोजमा खान सके यसले वेफाइदा होइन फाइदै-फाइदा हुने देखिन्छ ।

अन्य भिटामिन र औषधीहरू जस्तो नभई अधिकांश जडीबुटीहरूलाई भोजनको रूपमा लिइन्छ र अक्सर खाली पेटमा अरू केहीसित नमिसाईकन खाइन्छ । यसलाई क्याप्सुलको रूपमा पनि सेवन गर्न सकिन्छ जुन सेवन गर्न धेरै सजिलो हुन सक्छ । यदि तपाईं जडीबुटी उपचार गर्ने विचार गर्दै हुनुहुन्छ भने कुनै अनुभवी व्यक्तिको निर्देशनमा यसो गर्नु बुद्धिमानी हुनेछ ।

पराम्परागत रूपमा सामान्य रुघाखोकी, अपच, कब्जियत, इन्सोम्निया अर्थात्‌ अनिद्रा र वाकवाकी लाग्ने जस्ता अनेकौं अवस्थामा जडीबुटीको प्रयोग गर्ने सुझाव दिइएको छ। तथापि कहिलेकाहीं जडीबुटी गम्भीर रोगहरूको उपचारको लागि मात्र होइन तर रोग लाग्नुअघि बचाउको लागि पनि प्रयोग गरिन्छ ।

उदाहरणका लागि जर्मनी र अष्ट्रियामा प्रथम चरणको प्रोस्टेट ग्रन्थिको क्यान्सरको लागि पालमेटो (Serenoa Repens) नाउँ गरेको जडीबुटी प्रयोग गरिन्थियो । कुनै-कुनै देशमा यो रोगले अन्ततः ५० देखि ६० प्रतिशत पुरुषहरूलाई असर गरेको देखिएको छ ।

हामीले ससाना बच्चाको लागी जडिबुटी नखुवाई छोएको भरमा निको बनाएका हजारौं केस छन् । नेपाली समाजमा गलत काम गर्नको लागी केहि आवश्यक पर्दैन तर सहि कामको लागी ग्यारेन्टी चाहिने गरेको छ । मानिस कै कुरा गरौं अहिले घरबाट बाहिर गएपछि घर नफर्कदासम्म कुनै ग्यारेन्टी छैन तर पनि हामी ग्यारेन्टी खोजने गरेका हुन्छौं ।

जडिबुटी सम्बन्धमा म के भन्न चाहन्छु भने हचुवाको भरमा जस्तोसुकै जडिबुटी किन नहिस् प्रयोग गर्ने तरिका राम्रोसंग बुझेर मात्र प्रयोग गर्ने बानी बसालौं यस्ले नोक्सान होइन फाइदै फाइदा हुनेछ । कतिपय पत्रपत्रिकामा जडिबुटीबारे गलत लेखिएको छ तर जडिबुटी प्रयोग गर्नुपर्छ तर यस्ता औषधि सेवन गर्दा अनुभव प्राप्त व्यक्तिको रेखदेखमा प्रयोग गर्दा ठिक हुनेछ भन्ने हाम्रो परामर्श छ ।

आज जर्मनी, चाइना, जापान, अमेरिका, भारत जस्ता देशमा जडिबुटीको प्रचार प्रसार बढ्दैछ । तर अल्पविकसित देशमा भने एउटा रोगको उपचार गर्दा अर्को रोग उत्पत्ती हुने औषधिको सेवन बढी रहेको छ । महंगो उपचारतर्फ झुकाब बढी रहेको छ । जर्मनका डाक्टर हेनीमनले जडिबुटीबाट औषधि उत्पादन गरेर विश्व बजारमा औषधि पुर्याउन सफल भएका छन् भने भएका जडिबुटी समाप्त पार्ने काममा हामी लागेका छौ यसलाई दुर्भाग्य नभनेर के भन्न सक्छौं ।

यो पनि पढनुहोस्

जाडोमा के खाने ? यस्ता छन् जान्नैपर्ने कुराहरु

लामो आयु बाँच्न कस्तो खाना खाने ? जानी राखौ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!