यौन जिज्ञासा

महिला र युवतीले गर्भपतन होइन आफ्नो सुरक्षा आफै गर्न सक्नुपर्छ

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

महिलामा जनचेतनाको कमि छ भन्दा खासै फरक छैन । मैले यसो भनिरहदा प्रश्न गर्न सक्नुहोला तर यो १६ आना सत्य हो । आज हाम्रो गाउँघरका परिवारमा यस्तो कमजोरी मैले देखेको छु । सन्दर्भ हो गर्भपतनको ।

यदि जनचेतना भइदिएको भए पिल्स चक्की थियो साधन थियो ७२ घण्टे चक्की थियो तर खान नजान्दा गर्भपतन गराउनुपर्ने बाध्यता आइलागेको छ । हरेक महिला र युवतीहरूले यसतर्फ ध्यान दिन नसक्नु सवै भन्दा कमजोर देखिएको छ ।

अहिले समय परिवर्तन भइसकेको छ । महिलाले आफ्नो सुरक्षा आफै गर्न सक्नुपर्छ । गर्भपतनमा प्रयोग हुने औषधिको अनावश्यक अनआवश्यक प्रयोगले भविष्यमा पाठेघरको क्यान्सर नहोला भन्न सकिँदैन । तर हरेक महिलाले गर्भ नरहोस भन्ने चाहना भए पुरूषले होइन महिला स्वयंले आफ्नो सुरक्षा आफै गर्न सक्नुपर्छ ।

आज गाउँघरमा यस्ता अनेकौं घटना हामीले हेरि रहेका छौं । असुरक्षित गर्भपतनका कारण थुप्रै महिलाको ज्यान जोखिममा परेको देखिएको छ । असुरक्षित यौन सम्पर्क गर्दा कतै गर्भ रहे मैले के गर्ने जस्ता विषयमा हरेक महिला र युवतीको ध्यान पुग्न आवश्यक देखिएको छ ।

पुरूषको तुलनामा महिला १००% जोखिमको श्रेणीमा छन् । महिलाको सानो लापरबाहीले गर्दा आज गर्भपतन गराउन बाध्य छन् । हाम्रो राय हरेक महिला र युवतीले आफ्नो सुरक्षा आफै गर्नुस पुरूषको भर नपर्नुस यसले पुरूषको शरीर होइन तपाई आफ्नो शरीर बिगार्दै हुनुहुन्छ भन्ने हाम्रो परामर्श छ ।

मैले अधिकांश महिला दिदी बहिनीहरूलाई यस विषयमा कलास दिदै आएको छु । गर्भको चाहना नहुनेले समयमा आफ्नो सुरक्षा आफै गर्नुस भन्दै आएको छु । आज केहिमा यसको राम्रो प्रभाव पर्दै आएको छ । यसतर्फ सबैको ध्यान पुग्न सके भविष्यमा हाम्रा चेलीहरू यस्तो जोखिमबाट बच्ने छन् भन्ने हामीले विश्वास लिएका छौं ।

सेक्स एक अर्कालाई चाहिने महत्वपूर्ण पक्ष हो । सेक्स विना यो जीवन अधुरो छ । सेक्स नगर्नुस भन्ने होइन सेक्स गर्दा अन आवश्यक झन्झटबाट आफुलाई बचाउनुस भन्ने हाम्रो राय छ । तर असुरक्षित यौन सम्पर्क गर्दा भविष्यमा आइपर्ने जोखिमबाट पुरूषले पनि महिलाको स्वास्थ्यलाई ध्यान दिन सक्नुपर्छ ।

यो पनि पढनुहोस्

बाथ रोग र यसको उपचार

 पायल्सको होम्योपैथिक र तान्त्रीक उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!