विचार-विश्‍लेषण

महिला हिंसा र यसको कारण

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

महिला हिंसा रोक्नमा सवैभन्दा बढी कमजोरी सरकारको र स्वयं महिलाको देखिन्छ । यस्ता विषयमा हरेक महिलाले महिलालाई हेर्ने तरिकालाई सुधार गर्दै अघि बढ्न सके मलाई लाग्छ महिला हिंसा कम हुन सक्छ । एउटा महिलाले अर्को महिलामाथि भएको हिंसा मुखदर्शक बनेर हेर्ने परिपाटीलाई जबसम्म हटाउन सकिदैन तबसम्म यो सिलसिला अझ बढ्ने देखिन्छ ।

एउटा महिलालाई कसैले गलत तरिकाले हेर्ने साहस गर्छ भने त्यस्तो अवस्थामा जसले देख्छ बुलन्द प्रतिकार गर्न सक्नुपर्छ र मात्र यो समस्या हल हुन सक्छ । आज हरेक महिला अधिकांश राजनीति हिंसाको सिकार भएको देखिन्छ । युवतीहरूलाई छोटो कपडा लगाउन सरकारले प्रतिवन्ध लगाउन सकेमा यसले पनि यो घट्नामा केहि सुधार आउने देखिन्छ ।

आज नेपालमा खुला सिमानाले पनि महिला हिंसा बढाएको छ । जाड, रक्सी, वियरमा खाने समय र स्केल तोक्ने र रक्सी खानेलाई परिचयपत्रको व्यवस्था मिलाउन सके यस्ता घटना नहुने हाम्रो विचार छ । फेसबुक र चेटिङ्गले महिलामाथि हुने हिंसा बढाएको त छैन भन्ने कुरा बुझ्न आवस्यक छ । समयमा यस्ता विषयमा ध्यान दिन सके ठूलो उपलब्धि हुन सक्छ ।

एकपटक राती मलाई अज्ञात फोन आयो लेडिजको मसिनो आवाज थियो हजुर आउछु भनेर किन आउनु भएन आक्रोश पोख्दै थिइन मैले हजुरले रंग नम्बर हान्नु भयो भनेपछि सरी भन्दै फोन राखिन । दुरसंचार पनि अछुतो रहेन गल्ती पुरूषको मात्रै छैन अपरचित व्यक्तिसंग सरोकार राख्ने महिला पनि दोषी छन् यसतर्फ हामीले बुझ्न आवश्यक देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

नेपालमा बलात्कार किन बढ्दैछ ?

रक्सी सेवनका नकारात्मक असरहरु

महिला सशक्तीकर‌णको आवश्यकता

विवाहित महिलाले बढि रक्सी पिउँछन्

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!