विज्ञान जिज्ञासा

सोलार उपकरणले कसरी काम गर्छ ?

सोलार उपकरणले कसरी काम गर्छ ? जानी राखौ । आजकल गाउँघर वा शहर बजारमा घर वा अफिसमा सोलार उपकरण जडान गर्ने संख्या बढेको छ । जुन बेला नेपालमा लोडसेडिङ हुन्थ्यो, त्यो बेला त धन यसको माग एकदम बढेको थियो । ऊर्जाको सबभन्दा ठूलो स्रोत भनेको सोलार वा सौर्य ऊर्जा नै हो । त्यसैले आजभोली ऊर्जा प्राप्तिमा सोलार उपकरणको उत्पादन, वितरण तथा विशिष्टीकरणमा जोड दिइन्छ । सोलारलाई विद्युत ऊर्जामा रुपान्तरण गरी बिजुलीको माग पूर्ति गर्नतर्फ सबैको ध्यान जानु जरुरी छ । तर, सोलारमा कसरी सूर्यको किरणमा भएको ऊर्जा विद्युत ऊर्जामा बदलिन्छ त ? यसबारे केही चर्चा गरौँ ।

विश्वमा सोलारबाट मोटर साइकल, मोटर कार लगायत विभिन्न इलेक्ट्रोनिक उपकरणहरु चलाउने प्रविधिको सुरुवात केही दशक पहिलेदेखि नै भइसकेको हो । सोलारबाट चल्ने कार होस् वा सानो क्याल्कुलेटर, चाहे सामान्य ब्याट्री नै किन नहोस्, यिनीहरुले जुन सिद्धान्तमा आधारित भएर विद्युत् उत्पादन गर्छन्, कुनै पनि सोलारले त्यही सिद्धान्तमा आधारित भएर विद्युत उत्पादन गर्छ । सोलारमा विद्युत ऊर्जा उत्पादनका लागि सोलार प्यानल प्रयोग गरिएको हुन्छ । सोलार प्यानलको निर्माणमा त्यही तत्व प्रयोग गरिन्छ, जुन तत्वले कम्प्युटर जगत्मा क्रान्ति ल्याएको थियो । त्यो तत्व हो : सिलिकन । सिलिकनको पारमाणविक संरचना सोलार प्यानल निर्माणको लागि सबैभन्दा उपयोगी तत्व हो । सिलिकन तत्वको परमाणुको अन्तिम कक्षमा ४ वटा मात्र इलेक्ट्रोनहरु हुन्छन् ।

कुनै पनि तत्वको परमाणु स्थिर हुनको लागि त्यसको अन्तिम कक्षमा ८ वटा इलेक्ट्रोनहरु हुनुपर्छ । त्यसैले सिलिकनको परमाणु स्थिर हुन ४ वटा इलेक्ट्रोनहरु अपुग हुन्छ । प्राकृतिक रुपमा सिलिकनको एउटा सिलिकनको एउटा परमाणुले अर्को परमाणुसँग रहेका ४ वटा इलेक्ट्रोनहरु र आफूसँग रहेका ४ वटा इलेक्ट्रोनहरु बाँडिचुँडी ८ वटा इलेक्ट्रोनहरु पुर्याउँदछ त्यसैले सिलिकन प्लेटमा चार्जहरु हुँदैनन् । सिलिकन प्लेटमा चार्ज नहुने हुँदा दुईवटा शुद्ध सिलिकन प्लेट मात्र प्रयोग गरेर विद्यतु उत्पादन हुँदैन् । सोलार प्यानलमा प्रयोग गरिने सिलिकन प्लेटहरु भने शुद्ध हुँदैनन् । यसमा दुई किसिमका अशुद्ध सिलिकन प्लेटहरुको प्रयोग गरिन्छ ।

पहिलो किसिमको सिलिकन प्लेटमा फोस्फोर जस्ता तत्वहरु मिसाइएका हुन्छन् । फोस्फोरस तत्वको परमाणुको अन्तिम कक्षमा ५ वटा इलेक्ट्रोनहरु हुन्छन् । सिलिकनको परमाणु आफ्नो अन्तिम कक्षमा इलेक्ट्रोनको संख्या ८ बनाउन फोस्फोरसको परमाणुसँग मिल्दा एउटा इलेक्ट्रोन बढी हुन्छ । यही इलेक्ट्रोनले विद्युत उत्पादनको काम गर्छ । तर, यो इलेक्ट्रोन सिलिकन-फोस्फोरस अणुबाट छुट्टि हाल्ने भने होइन । बरु यसले विद्युत उत्पादनको लागि चाहिने चार्जको काम गर्छ । सोलार प्यानलमा प्रयोग गरिने दोस्रो किसिमको सिलिकन प्लेटमा बोरोनजस्ता तत्वहरु मिसाइएका हुन्छन् । बोरोनको परमाणुको अन्तिम कक्षमा भने ३ वटा मात्रै इलेक्ट्रोनहरु हुन्छन् । सिलिकनको परमाणु बोरोनको परमाणुसँग मिल्दा अन्तिम कक्षमा इलेक्ट्रोनको संख्या ८ पुर्यायाउन एउटा इलेक्ट्रोन अपुग हुन्छ ।

यति भइसकेपछि मात्र अब सूर्यको प्रकाशको काम आउँछ । सूर्यको प्रकाशमा फोटोन हुन्छ । यो फोटोन चलायमान हठौडा जस्तो हुन्छ । यसले गर्दा फोटोन सिलिकन-फोस्फोरस प्लेटमा ठोक्किँदा सिलिकन-फोस्फोरस अणुमा रहेको एक अतिरिक्त इलेक्ट्रोन अणुबाट छुट्टिन्छ । यदि सिलिकन-फोस्फोरस प्लेट र सिलिकन-बोरोन प्लेटलाई कुनै तारले जोडिदिने हो भने सिलिकन-फोस्फोरस प्लेटमा रहेको एक अतिरिक्त इलेक्ट्रोन तार भएर सिलिकन-बोरोन प्लेटको एउटा इलेक्ट्रोन अपुग रहेको खाली ठाउँ ओगट्छ । यही तरिकाबाट सोलारमा विद्युत उत्पादन हुन्छ । वास्तवमा विद्युत भनेकै इलेक्ट्रोनहरु एकठाउाबाट अर्को ठाउँमा सर्नु हो ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

टेलिभिजनले कसरी काम गर्छ ?

प्यारासुटले कसरी काम गर्छ ?

खोपले कसरी काम गर्छ ?

फिङ्गरप्रिन्ट सेन्सर (Fingerprint Sensor) ले स्मार्टफोनमा कसरी काम गर्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!