खानपान

स्वास्थ्यको लागि मेवा खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपालमा सवैभन्दा बढी पाइने फलफूलमा मेवा सवैभन्दा अघि छ भन्दा खासै फरक पर्दैन । मेवा काचो या तरकारीको रूपमा खान सकिन्छ । मेवाका फाइदाहरु धेरै छन् । मेवामा म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन ,भिटामिन सी, ए, तथा क्याल्सियम र आइरन र क्यारोटिन तथा डायटरी फाइबर जस्ता शरीरलाई फाइदा पुग्ने तत्वहरुले भरिएको छ ।

मेवा स्वास्थ्यका लागि निकै फाइदाजनक छ । मेवाले पेट, मुटु र कलेजोको रोग र आन्द्राको कमजोरी हटाउनमा सहयोगी हुन्छ । गुणको खानी भनिने मेवा तपाईंको पेटका साथै तपाईंको छालाको सुन्दरता बढाउन पनि उत्तिकै मद्दत गर्नेछ । आज हामीले मेवाका फाइदा वेफाइदाबारे प्रकाश पार्नेछौं ।

फलफूल सेवन गर्दा खासै स्वास्थ्यमा नकरात्मक प्रभाव नपार्ने देखिएको छ । तर गर्भवती महिलाले मेवा खादा असर गर्छ भनेको छ । मेवा सेवन गर्दा यस्ता कुरामा ध्यान दिन आवश्यक छ । मेरो अनुभव अनुसार जबसम्म हामीले यसमा पाइने क्यामिकलबारे परिक्षण गरेर हेर्न सक्दैनौं तबसम्म कुनै पनि फलफूलबाट नोक्सान हुन्छ भनेर भन्न सक्दैनौं ।

मेवाले पेट, मुटु र कलेजोको रोग र आन्द्राको कमजोरी हटाउनमा सहयोगी हुन्छ । यसका साथै स्वास्थ्यका लागि हितकारी पनि मानिन्छ । मेवाका केही उत्कृष्ट स्वास्थ्य लाभका सूची यहाँ दिइएका छन् । हेरेर मेवा खानुहोस् भन्ने हाम्रो आग्रह छ ।

मेवा खानुका फाइदाहरु

१. मेवा आँखाका रोगीहरुका लागि निकै फाइदाजनक मानिन्छ । यसमा प्रचुर मात्रामा भिटामिन ए पाइने भएकाले आँखाको ज्योती कम हुनबाट जोगाउँछ । यसको सेवनले रतन्धो रोगको निवारण हुन्छ र आँखाको ज्योती बढ्ने गर्दछ ।

२. मेवामा भिटामिन सी र एन्टी अक्सिडेन्टको मात्रा अत्यधिक हुने भएकाले तपाईंको रक्त कोशिकामा कोलेस्ट्रोलको ढिक्का बन्नबाट जोगाउँछ । कोलेस्ट्रोलको ढिक्का हृदयघात र उच्च रक्तचाप समेत विभिन्न हृदय रोगको कारण बन्न सक्छ ।

३. केही अध्ययनका अनुसार मेवाको सेवनले कोलन र प्रोजेक्ट क्यान्सरको खतरालाई कम गर्न सकिन्छ ।

४. मेवामा पाइने भिटामिन सी, बीटा क्यारोटिन र भिटामिन इले शरिरमा क्यान्सरको सेल बन्नबाट रोक्छ त्यसकारण आफ्नो आहारमा मेवा समावेश गर्नुहोस् ।

५. मेवामा पेपेन नामक एन्जाइमले महिनावारीको क्रममा रक्त प्रवाहलाई ठिक गरेर पीडा कम गर्न मद्दत गर्दछ । महिनावारीको पीडाबाट गुज्रिरहेका महिलाले आफ्नो आहारमा मेवालाई समावेश बढि गर्नुपर्छ ।

६. गर्भवती महिलाले मेवाको सेवन गर्नु हानिकारक मानिन्छ । मेवाले गर्भाशयलाई संकुचित गरिदिन्छ यसको सेवनले गर्भपतन हुने खतरा बढ्छ ।

७. मेवाको सेवनले जण्डिस रोग निको हुन सक्छ । पाचन क्रियालाई राम्रो बनाउने काम मेवाले गर्दछ ।

नोट : मेवा स्वास्थ्यका दृष्टिले उत्कृष्ट फल मानिन्छ तर जुनसुकै फलफूल सेवन गर्दा आफुले पचाउन सक्ने मात्रामा अडकल गरेर खानुस भन्ने हाम्रो आग्रह छ । मेवा होस् या अन्य फलफूल थोरै मात्रामा खादा कुनै नोक्सान गर्दैन ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

स्वास्थ्यको लागि करी पत्ता खानुका फाइदाहरु

स्वास्थ्यको लागि सितलचिनी खानुका फाइदाहरु

स्वास्थ्यको लागि सितलचिनी खानुका फाइदाहरु

स्वास्थ्यको लागि कर्कलो खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!