खानपान

स्वास्थ्यको लागि खीर खानुका फाइदाहरु

सनातन वैदिक सभ्यता अनुसार पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रुपमा लिइन्छ । सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरुले प्राचिनकालमा गरेको समुन्द्र मन्थनसंग सम्बन्धित छ । त्यसबेलादेखि अहिलेसम्म दूधलाई शुद्धिकरण गर्ने तत्व र पोषण मिसिएको बहूगुणी अमृतकै रुपमा लिइन्छ । आयुर्वेदमा समेत खिरलाई प्राचिन भोजनको रूपमा ब्याख्या गरिएको छ । कृषि उपजसँग सरोकार राख्ने खीर सम्झँदा नै सबैको जिब्रो रसाइहाल्ने खाद्य पदार्थमा गनिँदै आएको छ ।

नेपालमा प्राय: असार १५ मा दहीच्युरा खाएको एक महिनापछि साउन १५ मा सबैलाई खीर खाने चलन छ । परम्परादेखि नै साउन १५ मा खीर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ । चामल, दूध, नरिवल, चिनी लगायतका अन्य चिजहरु हालेर खीर बनाउने चलन छ । खीर उच्च क्यालोरी भएको खाना हो ।

चामल, दूध, नरिबल, छोकडा, अन्य ड्राई फ्रुट्स र चिनी हालेर खीर बनाउने हाम्रो चलन छ । चामलमा कार्बोहाइड्रेट पाइन्छ । खीरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ, त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खिर हो । नेपाल कृषिप्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खीर खाने परम्परा विकास भएको हो ।

खीर खानुका फाइदाहरु

१. डाक्टरहरुका अनुसार गर्मीको समयमा शरीरमा दाद, खटिरा, र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि खीर खानु उपयुक्त हुन्छ ।

२. साउन महीनामा झरी पर्ने भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि दूधबाट बनेको खीर लाभदायक हुन्छ किनभने खीरले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

३. चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाइन्छ यसका साथै गाईको दूधबाट बनाएको खीरबाट भिटामिन ‘ए’ पर्याप्त मात्रामा पाइन्छ । पाचन प्रणाली कमजोर भएका बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खुवाउँदा पाचन प्रक्रिया सहज हुने गर्दछ ।

४. लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

अनिद्राको रामबाण औषधी ओखर खानुका फाइदाहरु

मानव स्वास्थ्यको लागि काफल खानुका फाइदाहरु

मानव स्वास्थ्यको लागि नरिवल खानुका फाइदाहरू

स्वास्थ्यको लागि जामुन खानुका फाइदाहरु

स्वास्थ्यको लागि क्वाँटी खानुका फाइदै फाइदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!