खानपानहेल्थ टिप्स

पिस्ता खाँदा स्वास्थ्यमा पुग्ने फाइदाहरु

पिस्ता सवैभन्दा स्वादिष्ट फल, मिठाई अन्तर्गत पर्दछ । मेरो मन पसन्द फल पनि हो यो खादा नुनिलो स्वाद भएकाले मिठो नहुने कुरै भएन । आजको लेखमा मैले पिस्ताबारे प्रकाश पार्ने जमर्को गर्दैछु । नेपाली बजारमा पिस्ताले राम्रो बजार पाएको छ । पिस्ता खाँदा स्वास्थ्यमा पुग्ने फाइदाहरु निम्न अनुसार छन् ।

फाइदाहरु

१. पिस्तामा फाइबर, प्रोटीन, भिटामिन सी, जिंक, कॉपर, पोटैशियम, आयरन, कैल्शियम आदि प्रशस्त पाइने भएकाले यसले शरीरलाई राम्रो फाइदा गर्दछ । हाम्रो शरीरलाई चाहिने आवश्यक क्यालोरी यसले पुरा गर्नेछ । यसको अन्य फाइदाहरू छन् जसको उपयोगले अनेकौं रोगहरू नस्ट गर्दछ ।

२. यसमा पाइने फैटी एसिड्सले तपाइको छालालाई समेत चम्किलो राख्दछ । बुढो हुँदा समेत छाला चाउरी हुनबाट बचाउनेछ ।

३. यसमा प्रशस्त मात्रामा एंटी-ऑक्सीडेंट्स पाइने भएकाले आँखाको ज्योति बढाउन समेत राम्रो भूमिका खेल्दछ । छालामा चाउरीपना आउनबाट रोक्दछ ।

४. पिस्ताको नियमित सेवन गर्नाले बाल झर्न समेत राम्रो भुमिका खेलेको पाइन्छ। नियमित सेवन गर्नुस् भन्ने हाम्रो परामर्श छ ।

५. पिस्ताको सेवन नियमित गर्नाले शरीरलाई चाहिने आवश्यक तत्व यसले पुराउदछ र शरीर बुढो हुनबाट समेत रोक्दछ ।

६. पिस्ता वीर्यवर्धक, गरम, धातुवर्धक, रगतलाई सफा गर्न, स्वादिस्ट, बलवर्धक र कफनाशक छ ।

७. पिस्ताको नियमित सेवन गर्नाले स्मरणशक्ति, हृदय, मस्तिष्क र आमाशयलाई समेत बलियो बनाउने काम गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

किन आवश्यक छ प्रोटिन शरीरलाई ?

टुसा पलाएका गेडागुडीमा भिटामिन बढी किन हुन्छ ?

शरीरमा प्रोटिन कम हुँदा के के हुन्छ ?

बुद्धि बढाउने खाद्यान्न तथा फलफूलहरू के के हुन् ?नसा च्यापिने समस्या र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!