स्वास्थ्य

आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण छ : मुख्यमन्त्री शाह

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अहिलेको अवस्थामा आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण बन्दै गएको बताएका छन् ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरमा आज प्रादेशिक आयुर्वेद चिकित्सालय भवनको उद्घाटन गर्दै उनले दिन प्रतिदिन आयुर्वेद चिकित्सा प्रणालीतर्फ सबैको आस्था बढ्दै गएको बताए ।

उनले प्रदेश सरकारले प्रादेशिक आयुर्वेद चिकित्सालयका लागि आवश्यक बजेट विनियोजन गरी संरचनात्मक र आवश्यक जनशक्तिको व्यवस्था गर्ने बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पूर्व बजेट छलफल गरिरहेको जनाउँदै उनले जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखिने बताए ।

पचास शैय्याको चिकित्सालय रु ३४ करोड लागतमा निर्माण गरिएको हो । चिकित्सालयबाट ल्याब, ओपीडी, पूर्वकर्म, पञ्चकर्म लगायतका सेवा प्रदान भइरहेका छन् । चिकित्सालयमा पेट समस्या, पाइल्स, फिस्टुला, बाथ लगायतका उपचार हुने गरेको जनाइएको छ ।

गोपाल भण्डारी

गोपाल भण्डारी साईन्स इन्फोटेक तथा नेपालपत्रका अनलाईनका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।

Leave a Reply

error: Content is protected !!