लेखहरु

कहाँ छ महिला अधिकार ब्यबहारमा ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

दुईवटा महिलाले एकजना पुरूषसंग विवाह गर्दा कानुन लाग्छ भने कसरी महिला अधिकार भयो ? महिलालाई आज दिनप्रति दिन बलात्कार भएका सयकडौं होइन हजारौं घटना देखिएको छ । एउटा महिलाले अर्को महिलाको उपेक्षा गरेको देखिन्छ ।

एउटा महिलालाई पर्यो भने अर्को महिलाले महिलालाई नै दोष लगाउने परिपाटी हावी छ । विवाह गरेर घर गई सकेपछि श्रीमान खसेको छ भने उसको भाग्यलाई दोष लगाउने परम्परा सदियौदेखि विद्यमान छ । के यही हो महिला अधिकार ?

बोल्दैमा अधिकार हुने होइन लागु गर्न सक्नुपर्छ । समाजलाई परिवर्तन गर्न महिलाको मात्र केहि चल्दैन । खुसी साथ बाँच्न पाउनुपर्ने अधिकार महिलामा सुनिश्चित हुन सकेमा मात्र महिला अधिकारको कुरा लागु हुन सक्छ । गलत महिलाबाट होइन पुरूषबाट पनि भएको छ ।

महिलालाई सम्पत्ती होइन पुरूष सरह शिक्षा पाउनु पर्छ । सम्पत्तिको अधिकार पुरूष कै हुनुपर्छ भन्ने मलाई लागेको छ । यसले परिवारमा शान्ति दिन सक्छ । यदि गलत श्रीमान छ भने घर मात्रै होइन माइतीले दिएको सम्पत्तिमा पनि समाप्त पार्न सक्छ शान्ति, अमन, चैनमा समेत खलल हुन सक्छ ।

कतिपय अवस्थामा झुठो आश्वासनमा महिला रमाएको देखिन्छ । अरूले मिठो गफ गरेको भरमा हदैसम्मको विश्वासमा महिला परेको देखिनु पनि बलात्कारको कारणमध्ये एक हुन सक्छ । अरूलाई दोषी दिने परम्परा हदैसम्म बढेको देखिनु महिलाको हकमा राम्रो होइन यस्तो क्रियाकलाप नै वलत्कारको कारणमध्ये एक भन्न सकिन्छ ।

महिलामाथि भएको जस्तोसुकै हिंसा किन नहोस् सवै मिलेर प्रतिकार नगर्दासम्म महिला हिंसा रोकिएला जस्तो लाग्दैन । आज महिलाद्वारा नै महिला पिडित भएको देखिन्छ । एउटा सासु पहिले कसैकी छोरी हुन्छन पछि मात्र बुहारी हुदै सासु हुन पुग्छिन तर म पनि कसैकी छोरी थिए भन्ने नभई वुहारीलाई दवाउने पर्यत्न भएको हुन्छ के यही हो महिला अधिकार?

म यस्ता अनेकौं घर हेर्दछु जहाँ सासु ससुराको कुरा सुनेर श्रीमानबाटै अपहेलित छन् । महिला दिदी बहिनिहरू सासु ससुराबाटै बुहारी पिडित भएको देखेको छु । महिला अधिकारको कुरा मात्र देखिन्छ तर लागु भएको छैन । हाम्रो देशमा शहरमा होस् वा गाउँमा यस्ता घटना हेर्न सकिन्छ । कानुन कहाँ छ जसले महिलाको हक हितमा काम गरेको छ । यहाँ महिला इच्छालाई दवाउने प्रयत्न मात्र भएको छ ।

मैदानमा भाषण गर्दा मैला हिँसाको कुरा धेरै भएको हुन्छ तर घर पुगेपछि श्रीमती कुट्ने, बुहारीलाई गाली गर्ने शंका गर्ने जस्ता क्रियाकलाप प्राय: दैनिकजसो भएको हुन्छ । के यही हो महिला हिँसा विरोधको अभियान, भाषणमा छ लागु छैन । जबसम्म हरेक घर-घरबाट अभियान शुरू हुदैन तबसम्म भाषणको कुनै अर्थ छैन ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

लोकतन्त्र र वर्तमान राजनीति

गर्भपतनको अधिकार र जिम्मेवारी

महिलाहरु पुरूषबाट यस्तो अपेक्षा गर्छन्

महिलालाई मलामी नलानुको कारणहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!