मुख्य समाचार

चिकित्साशास्त्रतर्फको नोबल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई

२३ असोज, काठमाडौं । सन् २०१९ को चिकित्सा (शरीर विज्ञान र चिकित्सा विज्ञान) तर्फको नोवेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ । पुरस्कार जित्नेहरुमा हार्वर्ड विश्वविद्यालयका डा. विलियम जी कायलिन जुनियर, जोन्स होप्किन्स युनिभर्सिटीका डा. ग्रेग एल सेमेन्जा र बेलायतको फ्रान्सीस क्रिक इन्स्टीच्युटका पिटर जे राट्क्लिफ छन् ।

शरीरका कोषहरुले कसरी अक्सिजनको तह अनुभूत गर्छन् र प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा गरेको खोजका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो । उनीहरुले गरेको अन्वेषणले एनेमिया, क्यान्सर र अन्य रोगहरुविरुद्ध नयाँ रणनीति बनाउन बाटो खुलेको नोबेल कमिटी अफ द क्यारोलिन्स्का इन्स्टीच्यूटले विश्लेषण गरेको छ । पुरस्कारको राशी ९ लाख १८ हजार डलर रहेको छ । पुरस्कार घोषणा गर्दै नोबेल कमिटीले तीन वैज्ञानिकहरुले गरेको खोज निकै महत्वपूर्ण रहेको बताएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!