विज्ञान

सूर्य नमस्कार गर्नुको बैज्ञानिक रहस्य

Gopal Bhandari
गोपाल भण्डारी

सूर्य नमस्कार गर्नुको बैज्ञानिक रहस्य ! हिन्दू धर्ममा बिहान सबेरै उठेर सूर्य भगवानलाई नमस्कार गर्ने चलन रही आएको छ । बिहानको सूर्यको किरणमा हामीलाई चाहिने भिटामिन D र अरु पनि स्वस्थ्यलाई लाभदायक तत्वहरु रहेका हुन्छन । बिहानको सूर्यको किरणलाई पानीको मध्यमबाट अथवा सिधै हेरेमा पनि हाम्रो आँखा तेजिलो हुने कुरा बैज्ञानिकहरुले प्रमाणित गरेका छन् । बिहान सबेरै उठेर सूर्यलाई नमस्कार गर्ने बानी बसाल्यो भने हामीलाई बिहान उठ्ने बानी बस्छ र बिहान उठ्नुको फाइदाहरु त हामी सबैलाई थाहा नै छ ।

हिन्दू धर्मभित्र भएका परम्पराहरु केवल अन्धबिश्वास मात्र नभएर जिवन जिउने चाहिने कला पनि हो । हिन्दूधर्म भित्र यस्ता धेरै कुराहरु लुकेका छन् , जुन आजको बिज्ञानलाई बल्ल थाहा हुँदैछ । सूर्य नमस्कारकाे निरन्तर अभ्यासबाट मानसिक र शारिरीक रूपमा शान्त, पवित्र र स्वच्छ रहन धेरै नै सहयाेग पुग्छ । यसलाई मानिसहरूले आफ्नाे शारिरीक र मानसिक अवस्थालाई महसुस गरी सहजगताकाे साथ गर्नुपर्छ । बैज्ञानिकहरुले सुर्यको किरणले हामीलाई धेरै फाइदा हुने कुरा पत्ता लगाएका छन् । सूर्यको मदतले गर्ने उपचारलाई heliotherapy भनिन्छ । बिहानको सूर्यको किरणले हामीलाई गर्ने फाइदाहरु निम्न छन् :

१. सूर्यको किरणले हाम्रो हड्डी बलियो बनाउन मद्धत गर्छ ।

२. सूर्यको किरणले क्यान्सर लाग्नबाट जोगाउछ ।

३. सूर्यको किरणले हाम्रो पाचन शक्ती बढाउन मद्धत गर्छ ।

४ . सूर्यको किरणले हाम्रो शरिरलाई नचाहिने बोसो घटाउन मद्धत गर्छ ।

५ . सूर्यको किरणले आस्थामा दम लाग्नबाट पनि हामीलाई बचाउने गर्छ ।

६. बिहानैको सूर्यको किरणले हानिकारक जिवाणु र किटाणुलाई नष्ट गरेर हामीलाई स्वस्थ्य राख्न मद्धत गर्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!