विज्ञान

जान्नुहोस् ! रुद्राक्षको माला लगाउनुको बैज्ञानिक कारणहरु

Gopal Bhandari
गोपाल भण्डारी

जान्नुहोस् ! रुद्राक्षको माला लगाउनुको बैज्ञानिक कारणहरु । पौराणिक र प्रचलित मान्यता अनुसार शिवको नेत्रबाट रुद्राक्षको उत्पत्ति भएको विभिन्न शास्त्रमा उल्लेख भएको पाइन्छ । परापूर्वकालदेखि नै रुद्राक्षलाई पूर्वीय साधुसन्तले प्रयोग गर्दै आइरहेका छन् । रुद्राक्षको धारणले हामीमा भएको कुनै पनि समस्याको समाधान गर्ने क्षमता वृद्धि हुने गरेको धार्मिक आस्था रहदै आएको छ । आयुर्वेद विज्ञानमा रुद्राक्षलाई महाऔषधिको रुपमा लिइन्छ । रुद्राक्ष धारण गरे रक्षात्मक शक्ति प्राप्त हुने विश्वासका कारण यसलाई विभिन्न रूपमा प्रयोग गरिन्छ । पछिल्ला दिनमा रुद्राक्षको शक्तिको वैज्ञानिक परीक्षण समेत भएका छन् ।

रुद्राक्षको दानालाई माला, ब्रासलेट, पेन्डेन्ट जस्ता गहनाका रूपमा प्रयोग गर्न सकिन्छ । विद्वानहरुको भनाई रहेको छ रुद्राक्षको माला धारण गर्नाले मानिसको शरीरमा प्राणको नियमन भई कैयौ प्रकारका शारीरिक तथा मानसिक विकारबाट रक्षा हुने गर्दछ । रुद्राक्षको माला लगाउनले शरीरमा स्पर्शले उत्तेजना, रक्तचाप तथा हृदय रोग आदिलाई नियंत्रित गर्दछ ।

रुद्राक्षको माला धारणले मात्र पनि यो रोग नियन्त्रण हुने जनविश्वास रहेको छ । रुद्राक्षले शरीरमा हुने विद्युतीय तथा चुम्बकीय क्षेत्रको सन्तुलन गराउँछ, जसले हाम्रो शरीरमा रगतको सञ्चार राम्ररी हुन पाउँछ । यही कारणले पनि रुद्राक्ष बाहिरी नकारात्मक विकीरणको प्रभाव रोकेर शरीरलाई रक्षा गर्ने काम गर्छ जसको वर्णन आयुर्वेदमा पहिले नै गरिएको पाइन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!