खानपानहेल्थ टिप्स

स्वास्थ्यको लागि मूला खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मूला हरेकको करेसा बारीमा लगाउन सकिने र उत्पादन हुने तरकारी हो स्वास्थ्य क्षेत्रमा यसको ठूलो महत्व छ । हामीले मुला स्वादको रूपमा खान्छौं तर यस्लाई औषधिको रूपमा पनि प्रयोग गर्न सक्छौं । मूलाको उपयोग गरेर हामीले पाचन क्रियालाई सुधार्न सक्छौं मुलाको पातको रस बनाएर त्यसमा खस्रो चिनि राखेर जण्डिसको उपचार घरमै गर्न सक्छौं । मूलाको प्रयोग सवैभन्दा बढी मधुमेहका रोगीले गर्दा राम्रो फाइदा देखिन्छ । गर्मीको प्रभावदेखि खट्टी डकारहरू आउँछ भने त एक कप मूलाको रसमा मिश्री मिसाएर पिउने गरेमा लाभ हुन्छ।

यस्ता अनगिन्ती रोगहरूछन् जसमा मूलाले राम्रो फाइदा गर्दछ । हामीले यदि हाम्रो करेसा बारीबाटै जण्डिस, पाइल्स, मृगौला जस्ता रोग निको बनाउन सक्छौं । आज हामीले यस्ता लाभदायक तरकारी काचै खान सकिने बस्तुलाई स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न सकिरहेका छैनौं । आज हाम्रो करेसा बारी या गमलामा रोपेर पनि उत्पादन हुने मूलालाई वेवास्ता गर्छौ, मुलाको सागलाई । मुला प्रयोग गरेपनि त्यसको साग मिल्काइदिन्छौ । यद्यपी मुलाको सागको आफ्नो विशेषता छन् । मूलाको अन्य प्रयोग यहाँ दिइएको छ हेरेर लाभ उठाउन सक्नुहुनेछ ।

१. मुलाको पातमा भिटामिन ए, बि, सिका साथै क्लोरिन, फस्फोरस, सोडियम, आइरन, म्याग्नेसियम र अन्य पोषक तत्व पाइन्छ । यो पेटको लागि अत्यान्तै लाभदायक हुन्छ । साथै मुत्र विकारमा पनि यसको सेवन राम्रो मानिन्छ ।

२. मुलाको पातलाई सब्जी र परठा बनाउनमा पनि प्रयोग गर्न सकिन्छ । यसको सेवनले शरीरको प्रतिरोधात्मक क्षमता बृद्धि हुन्छ । थकान महसुष हुदैन ।

३. पायल्सका रोगीका निम्ति मुलाको पात निकै लाभदायक हुन्छ । हरेक दिन यसको सेवन गर्नाले पायल्सको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

४. यसमा सोडियम हुन्छ । यसले शरीरमा नुनको अभाव पूर्ति गर्छ । त्यसैले उच्च रक्तचापका रोगीका लागि पनि यो फाइदाजनक हुन्छ ।

५. यो फाइबरको पनि राम्रो स्रोत हो । यसले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

गाजर खानुका यस्ता छन् फाइदै फाइदाहरु

महिलाको स्वास्थ्य समस्यामा गाजरको भूमिका

स्वास्थ्यको लागि गाजर खानुका फाइदाहरु

कुमारवर्ती औषधालय

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!