मुख्य समाचारसमाचार

जिल्लामा नै पहिलो पटक काँटी उद्योग स्थापना

२० पुस, झापा । झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ । कनकाई-२ का ३७ वर्षीय दीपक चापागाईंले ७० लाखको लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना काँटी उत्पादन शुरु गर्नुभएको हो । दक्षिण कोरियामा आधा दशक परिश्रम गरेर फर्किनुभएका झापा चापागाईंले स्वदेशमै उद्योग फष्टाउने सम्भावना देखेर यो प्रयास गरिएकोे बताउनुभयो ।

उद्योगमा हाल १४ लाखमा दुईवटा काँटी बनाउने उपकरण र रु चार लाखमा एउटा काँटी पोलिस गर्ने उपकरण राखिएको छ । उद्योगबाट दैनिक १५ सयदेखि दुई हजार केजीसम्म काँटी उत्पादन हुँदै आएको चापागाईंले बताउनुभयो । उद्योगबाट उत्पादित काँटी रु ९६ प्रतिकेजीमा बिक्री हुने गरेको छ । उत्पादित सामग्री मेची अञ्चलभरिका बजारमा बिक्री गरिने जनाइएको छ ।

स्नातकसम्मको अध्ययन पूरा गर्नुभएका चापागाईंले वैदेशिक रोजगार पूँजी निर्माणका लागि गतिलो माध्यम बने पनि दीर्घकालीन विकल्प नभएकाले त्यहाँ कमाएको रकमले स्वदेशमा आत्मनिर्भर बन्नका लागि लगानी गर्न सकिन्छ । उद्योगलाई विस्तार गर्ने योजनामा रहनुभएका चापागाईंले केही युवासँगको साझेदारीमा हर्पिक, फिनेललगायत अन्य रासायनिक पदार्थ उत्पादन गर्ने उद्देश्यले मेचीनगर–७ मा ५२ कट्ठा जग्गासमेत खरीद गरिसकेको बताउनुभयो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!