ज्योतिषशास्त्र

महिलाहरुले रातमा सुत्नुअघि यस्ता कामहरु गर्नाले घरमा लक्ष्मीको बास हुने

महिलालाई घरको लक्ष्मी मानिन्छ । महिला जसको घर जान्छिन् त्यस घरको परिवारको भाग्य र सफलता उनीसँग जोडिएको मानिन्छ तर ज्योतिषशास्त्रका अनुसार केही यस्ता कामहरु हुन्छन् जसलाई महिलाहरुले राति गर्नुहुँदैन । यसका कारण उनीहरुको समेत भाग्य फेरिने गर्छ । महिलाहरुले रातमा सुत्नुअघि यस्ता कामहरु गर्नाले घरमा लक्ष्मीको बास हुनेछ ।

१. सुर्यास्तपछि महिलाहरु कसैको घरमा पनि दुध, दही, नुन, तेल र प्याज लिन जानुहुँदैन । यसो गर्नाले उनीहरुको जीवनमा बाधाहरु आउने गर्छन् र धेरै कष्टको सामना गर्नुपर्ने हुन्छ ।

२. ज्योतिषशास्त्रका अनुसार महिलाहरुले सुत्नुअघि कपाल नुहाउनु हुँदैन । यस्तो गर्नु हानिकारक हुन्छ ।

३. महिलाहरुले रातमा जुठा भाँडाहरु भान्छामा राख्नुहुँदैन । यसो गर्नाले लक्ष्मीको बास घरमा हुन्छ भने वैभव, सम्पन्नता घरमा आउँछ ।

यी काम गरेमा फाइदा हुनेछ

१. ज्योतिष शास्त्रका अनुसार घरकी महिलाले हप्तामा एकपटक घरमा रहेका सबै कोठामा कालो नुन पेपरमा बेरेर राख्नुपर्छ । यस पश्चात बिहान उठेपछि कसैसँग नबोली कागजमा राखिएको नुनलाई बाहिर फाल्नुपर्छ । यसले घरमा उत्पन्न भएका नकारात्मक उर्जा बाहिर निकाल्न मदत गर्छ ।

२. रातमा सुत्नुअघि घरभित्र रहेको कुच्चो दक्षिण पश्चिम दिशामा लुकाएर राख्नुपर्छ । यसले धन लाभ गर्छ ।

३. रातमा सुत्नुअघि भान्छामा एक बाल्टी पानी भरेर राख्नुहोस् । यसले घरमा सुख–समृद्धिको बास गराउँछ । खाली बाल्टी राख्नुले घरमा चिन्ता भर्ने काम गर्छ ।

यो पनि पढनुहोस्

सुत्नुअघि हरेक दम्पतिले गर्नुपर्ने ५ महत्वपूर्ण कामहरु

किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!