टिप्स

कपालवाट नै थाहा हुन्छ महिलाको स्वभाव

भनिन्छ महिलालाई बुझ्न निकै गाह्रो हुन्छ । त्यहि भएर होला, उनीहरुलाई चिन्न अथवा उनीहरुको बारेमा थाहा पाउने अनेकौँ उपायहरुको बारेमा बताइएको हुन्छ । कपालको सौन्दर्यता केवल आर्कषकको लागि मात्रै हुँदैन्, त्यसले तपाईंको व्यक्तित्व पनि झल्काउँछ । कपाल व्यक्तित्वको मानक पनि हो । व्यक्तिको विचार, स्वभाव र जीवनशैली जस्ता कुराहरु उसको कपाल देखेर बुझ्न सकिन्छ । विभिन्न परिक्षणमा व्यक्तित्वको जाँच गर्दा उसको कपालबारे पनि थुप्रै अध्ययन भएका छन् ।

१. लामो कपाल

लामो कपाल भएकी महिला यथार्थ परिस्थितीमा जिउने स्वभावका हुन्छन् । कल्पनाको संसार यिनीहरु त्यतिखेर मात्र देख्छन्, जुनबेला उनीहरुको जीवनमा कुनै ठोस परिणाम नजिकै आउदैछ । गफभन्दा पनि काममा यिनीहरु बढी तल्लीन हुन्छन् । यिनीहरु कम बोल्छन्, काममा बढी प्राथमिकता दिन्छन् । यही नै लामो कपाल भएकी महिलाको मुलमन्त्र हुने गर्छ । परिस्थिती अनुसार विचार गरेर मात्र बोल्ने स्वभाव हुने गर्छ यिनीहरुको । पैसाको महत्वबारे यिनीहरुले राम्रै जानकारी हुन्छ । त्यसैले यिनीहरु बढी किफायती वस्तुको प्रयोग गर्ने गर्नुका साथै लामो कपाल भएकी महिला बढी व्यवहारिक पनि हुने गर्छन् ।

२. कर्ली कपाल

कर्ली कपाल भएकी महिला कलाकार हुन्छन् । साहित्य र संगीतमा यिनीहरुको बढी लगाव हुने गर्छ । यस्ता खाले महिला कल्पनाको संसारमा डुब्ने गर्छन् । यिनीहरुलाई मान–सम्मान र मस्तीमा खास सौख हुने गर्छ । कर्ली कपाल भएकी महिला अरुबारे कमैमात्र दुरदर्शी व्यवहार प्रदर्शन गर्छन् । भाग्य भरोसाको मामिलामा यिनीहरु दुई नम्बर अगाडि नै हुन्छन् । यस्ता खाले महिला ‘जिऊ र जिउन देऊ’ भन्ने सिद्धान्तमा विश्वास गर्छन् ।

३. पातलो कपाल

पातलो वा कम कपाल भएकी महिला आफ्नो मेहनेत र इमान्दारीको कमाइमा विश्वास राख्छन् । यस्ती महिला अन्यको तुलनामा कमैमात्र रोमान्टिक हुने गर्छन् । यिनीहरु मुखामुख लाग्दैनन् । यस्ता खाले महिलाको मुल मन्त्र हो– ‘जो मिल्यो, उही उसको भाग्यमा रहेछ ।’ यिनीहरु प्रेममा प्रायः जसो धोका खाने गर्छन् । स्वभावमा पनि यिनीहरु ‘शर्मालु’ हुन्छन् । यिनीहरुको जीवन एकदम शान्त तवरमा बित्ने गर्छ ।

४. छोटो कपाल

छोटो कपाल भएकी महिला एकदमै मेहनेती हुन्छन् । कडा अनुशासनमा रहने यिनीहरुको वानी हुने गर्छ । यिनीहरुको मनभित्र ‘प्रेम र घृणा’ दुवै एकसाथ कायम हुन्छ । यिनीहरुको व्यक्तित्वमा कैयौं पटक दोहोरोपन देखा पर्छ । छोटो कपाल भएकी महिला कुनै बेला पैसा पनि खर्च गर्छन्, कुनै बेला झिक्दै–झिक्दैनन् । यस्ती खाले महिला ‘धोकेवाज’ हुँदैनन् । कैयौं पटक यिनीहरुले बोल्ने ‘सपाट–शैली’ कारण अरुको नजरमा यिनीहरु घमण्डी जस्ता देखिन्छन् । यिनीहरु थोरै स्वार्थी र महत्वाकांक्षी पनि हुने गर्छन् । यस्ती महिला आफ्नो हितको लागि ज्यादै व्याकुल बन्ने गर्छन् । महफिल यिनीहरुलाई खुबै मनपर्छ । यस्ती महिलाका मित्रहरु एकदमै ‘सेलेक्टीभ’ हुने गर्छन् । (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस्

कुन महिनामा जन्मेका केटी मान्छेको स्वभाव कस्तो ?

दाँत हेरेर सजिलै थाहा पाउन सकिन्छ मानिसको स्वभाव र भाग्य

खुट्टाको औलाको आकारबाट थाहा पाउनुस् मानिसको स्वभाव

कुन महिनामा जन्मेका केटी मान्छेको स्वभाव कस्तो ?

हाँस्ने तरिकावाट नै थाहा हुन्छ तपाईको स्वभाव

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!