शास्त्र

शास्त्र अनुसार महिलाले बिर्सेर पनि गर्नु नहुने कामहरु

धर्मशास्त्रले स्त्री र पुरुषका लागि विभिन्न नियम बनाएको छ । शास्त्रले कतिपय कुरा महिलाले गर्न नहुने भनेको छ । यस्ता काम पुरुषले मात्र गर्नुपर्ने शास्त्रको भनाइ छ । शास्त्र अनुसार महिलालाई गर्नु नहुने कामहरु यस प्रकार छन् ।

१. नरिवल फुटाउनु

धार्मिक मान्यता अनुसार महिलाले नरिवल फुटाउनु शुभ मानिँदैन । यसका लागि पुरुषले मात्र नरिवल फुटाउनु पर्ने शास्त्रको भनाइ छ । मन्दिरमा नरिवल फुटाउँदा महिला नभएर पुरुषले मात्र फुटाउने गरिन्छ ।

२. जनै लगाउने

महिलालाई जनै लगाउन नहुने शास्त्रको भनाइ छ । यज्ञोपवित पनि भनिने जनै पुरुषले मात्र धारण गर्न सक्छन् ।

३. बलि चडाउने

देवी देवतालाई बलि चडाउने काम पनि महिलाले गर्दैनन् । धार्मिक मान्यता अनुसार पुरुषले मात्र बलि चढाउनुपर्छ ।

४. ॐ मन्त्र

धर्म शास्त्र अनुसार महिलाले ॐ भनिने मन्त्र जप्नु शुभ मानिँदैन । ॐ मन्त्र बोल्दा नाभी क्षेत्रमा दवाव पैदा हुने र यस्तो दवाव राम्रो नमानिने हुँदा महिलाले ॐ मन्त्र नजप्ने धार्मिक मान्यता छ ।

५. हनुमानको पुजा र स्पर्स

हनुमानलाई ब्रम्हचारी मानिन्छ । यसकारण हनुमानको पुजा महिलाले गर्छन् तर हनुमानको मुर्ती स्त्रीले छुनु राम्रो मानिदैन ।

६. गायत्री मन्त्र

महिलाले गायत्री मन्त्र पनि जप्नु हुँदैन । शास्त्रका अनुसार गायत्री मन्त्र महिलाले जप्नु अशुभ हुन्छ । पछिल्लो समय महिलाले पनि गायत्री मन्त्र जप्न थालेका छन् ।

७. फर्सी काट्नु

धार्मिक मान्यता अनुसार फर्सी महिलाले काट्नु हुँदैन । पुरुषले मात्र फर्सी काट्नुपर्ने धार्मिक विश्वास छ ।

यो पनि पढ्नुहोस्  

महिलालाई मलामी नलानुको कारणहरु

पुरुषले सधैं गोप्य राख्नुपर्ने ४ कुराहरु

गोप्यता सम्वन्धी प्रेरक भनाईहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!