खानपानविज्ञान जिज्ञासा

जाडो मौसममा खाने खानेकुराहरु के के हुन् ?

जाडो मौसममा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, पानी सबै समावेश भएको सन्तुलित खाना आवश्यक हुन्छ । जाडो मौसममा चिसोले सताउने भएकाले तातो खानेकुरा खानुपर्छ । तातोमा बस्दा तथा तातो कपडा लगाउँदा शरीर सुख्खा हुन सक्ने भएकाले झोल खानेकुरामा जोड दिनुपर्छ भने शरीरलाई प्रतिरक्षात्मक शक्ति वृद्धि गर्ने फलफूल र तरकारीजस्ता भिटामिन र खनिजयुक्त खाद्य पदार्थको मात्रा बढाउनुपर्छ । लसुन, अदुवा, दालचिनीको पात वा बोक्रा, मरिच, टिम्मुर आदिलाई तरकारी तथा सूपमा समावेश गर्नु उपयुक्त हुन्छ  ।

उमेर र काम अनुसार खानेकुराको मात्रा फरक पर्छ । स–साना शिशु, बालबालिका एवं बूढाबूढीलाई चिसोले बढी सताउने भएकाले तातो तरकारीको सूप, मासुको सूप, गेडागुडीको सूप, तातो दूधका साथै फलफूलहरू खान दिनुपर्छ जसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ ।  जाडो मौसममा फलफूलमा भिटामिन, मिनरल्स, एन्टीअक्सिडेन्ट हुने भएकाले फलफूलको मात्रालाई जाडो भनेर घटाउनु हुँदैन ।

१. गेडागुडी तथा माछा मासु

जाडोमा गेडागुडीको प्रयोग बढी नै गर्नुपर्छ । गेडागुडीमा पोटासियम, म्याग्नेसियमजस्ता तत्व हुन्छन् जसले रक्तचाप लाई एक समान राख्दछ र मुटुको रोगलाई टाढै राख्दछ । चिसो मौसममा दिनमा ४ देखि ५ वटासम्म नट्स खान सक्छन् । भरसक गेडागुडीलाई मिश्रण गरेर भिजाउने अनी टुसा पलाएपछि पकाएर खाने गरेमा चिसो लाग्दैन । माछा, मासु पनि बढी खाने गर्नुहोस् । माछामा जिंक र ओमेगा थ्री फ्याटी एसिड हुन्छ जसले छाला रुखो हुनबाट बचाउँछ । यिनीहरुले शरीरलाई चाहिने शक्तीको मात्रा प्रदान गर्नुका साथै तापक्रम बढाई चिसोवाट बचाउछ ।

२. बदाम र ओखर

जाडो मौसममा पाइने विभिन्न खानेकुरामध्ये बदाम पनि एक हो । बदाममा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइन्छ । यसले शरीरमा कोलेस्ट्रोलको स्तरलाई कम गर्दछ र मुटुको रोग लाग्नबाट बचाउँछ । यसमा राम्रो फ्याट हुन्छ जसले छालालाई नरम बनाइराख्न सहयोग गर्दछ ।  ओखरमा ओमेगा थ्री पर्याप्त हुने भएकाले खासगरी पुरुषका लागि यो निकै लाभदायक मानिन्छ । शुक्राणु वृद्धि र गुणस्तरमा सघाउ पुर्याउँछ। त्यस्तै शरीरका प्रत्येक अंगमा रगतको सर्कुलरलाई यसले सघाउ पुग्ने भएकाले जाडो मौसममा नियमित यसको प्रयोग गर्नुहोस् ।

३. दुध तथा अण्डा

हाड मजबुत बनाउन क्याल्सियमा चाहिने हुँदा अण्डा वा दूध खानुपर्छ । जाडोमा अरु समयको भन्दा अझै बढी हामीलाई प्रोटिन तथा क्याल्सियम चाहिन्छ । अण्डामा फोलिक एसिड र भिटामिन डी हुन्छ जसले हड्डी बलियो बनाउँछ । तर अण्डा र दुध एकैपटक भुलेर पनि नखानुहोस् । एकै पटक खानु शरीरका लागि ‘विषसरह’ हुन्छ । यस्तै प्रोटिनले शरीरमा तापक्रम बढाउनुका अलवा छाला फुस्रो हुनबाट पनि जोगाउँछ ।

४. अंगुर र सुन्तला

सुन्तला जाडो मौसममा नै पाईने फल हो तर धेरै यसलाई खान डराउछन् । यो चिसो भएपनि स्वास्थ्यलाई असर गर्दै जति पनि खान सक्नुहुन्छ । फ्रिजमा राखेर भने नखानुहोस् । बजारमा उपलव्ध भएसम्म अंगुर खानु असाध्यै राम्रो हुन्छ । यसमा एन्टीअक्सिडेन्टको मात्रा भरपुर हुनाले छालालाई तन्दुरुस्त राख्न मद्दत गर्दछ । फलफूल बिहान खाली पेटमा नै खाँदा लाभदायक हुन्छ । तर फलफूल विषादीमुक्त र सफा हुनु जरुरी छ ।

५. स्याउ र अनार

नियमित स्वाउ खानु भयो भने तपाईलाई रोगले छुदैन अर्थात चिकित्सकहरु नै भन्छन् नियमित स्वाउ खानुहोस् र अस्पतालबाट टाडा रहनुहोस् । यसमा भिटामिन तथा मिनरल्सको मात्रा हुने हुँदा शरीरलाई ताजा राख्न मद्दत पुग्दछ। अनारमा एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्लामेटरी प्रचुर मात्रामा पाइने भएकाले यसले उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, हृदयघात हुनबाट बचाउँछ । यसले रगत बढाउन पनि मद्दत गर्छ ।

६. अमला तथा अम्बा

अमला तथा अम्बामा भिटामिन सी पर्याप्त हुन्छ । रगतलाई सुद्धीकरण तथा सन्तुलित सर्कुलरका लागि भिटामिन सी जरुरी हुन्छ । त्यसबाहेक स्वास गन्हाउने, मुखभित्र तथा गिँजामा आउने खटिराका लागि पनि अमला अम्बा जस्ता फलफुल उपयोगी हुन्छन् ।

७. हरियो सागपात तथा कुरिलो

खानामा दैनिक सागपातको प्रयोग गर्नुहोस् । यसबाट पाइने भिटामिनले सुख्खा छाला तथा आँखालाई राम्रो राख्न सघाउ पुग्दछ । त्यसैले दैनिक हरियो सागको प्रयोग गर्न नहिच्कीचाउनुहोस् । जाडोमा कुरिलोको कलिलो मुन्टा तरकारीको रूपमा खाइन्छ । आयुर्वेदमा यसलाई बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त तथा शुक्र दुर्वलता निवारक मानिन्छ ।

८. गाजर तथा सखरखण्ड

गाजरमा भिटामिन एको मात्रा अत्यधिक हुन्छ । यो खाँदा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ र रोगबाट बचाउँछ । यसलाई काँचो वा यसको हलुवा वा जूस बनाएर पिउन सक्नुहुन्छ । सखरखण्डमा फाइबरको मात्रा अधिक हुन्छ त्यसरकाण यो धेरै खाँदा पनि यसले तौल बढाउँदैन । यसलाई उसिने र तारेर खान सकिन्छ ।

९. मसलाहरु 

लसुन, अदुवा, दालचिनी, मरिच, टिम्मुर, मेथी, तिल आदिलाई तरकारी तथा सूपमा समावेश गर्नु उपयुक्त हुन्छ  । अदुवामा जिन्जेरोल्स हुन्छ जसका कारण शरीरको प्रतिरोधक क्षमता बढाउँछ । यसको चिया बनाएर पनि पिउनसक्नुहुन्छ र खानामा पनि मिसाउन सक्नुहुन्छ । मेथीमा पोटासियम र आइरन हुन्छ जसका कारण यसले कमजोरी हटाउँछ र मुटुको रोगीलाई पनि राहत दिन्छ । तिलमा एन्टिअक्सिडेन्ट हुन्छ जसले चिसो मौसममा लाग्ने रोगबाट बचाउँछ । यसले पाचन शक्तिलाई पनि बलियो बनाउँछ । यसको लड्डु वा अचार बनाएर खान सक्नुहुन्छ ।

यो पनि पढ्नुहोस्

कस्ता रोगीले के खाने ?

कपाल झर्न नदिन के खाने ?

कुन खाने कुरासंग के मिसाएर खानु हुँदैन ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!