यौन जिज्ञासा

गर्भ नरहनुका प्रमुख कारणहरु र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

स्त्री पुरूषमा हुने बाझोपनको सम्बन्धमा मैले यो भन्दा पहिले पनि लेखि सकेको छु । बिबाह भएको २ बर्षसम्म यदि गर्भ रहदैन भने यो दुईमा एकलाई दोषी ठहराउन सकिन्छ । आज अधिकांश महिलालाई दोषी ठहराउने गरेका थुप्रै घटनाले देखाउछ ।

कतिपय दम्पत्तिहरु गर्भ धारण नहुने समस्याका कारण पीडित रहेका छन् । गर्भ बस्न नसक्नुमा शारीरिक कारणका अतिरिक्त हाम्रो आनी-बानीले समेत ठूलो प्रभाव पारेको देखिन्छ । यस्ता सामान्य कुरामा हामी ध्यान दिँदैनौं । शारीरिक सम्पर्क गरे गर्भ बसिहाल्छ भन्ने धारणा हामीमा रहेको छ । तर यो नितान्त गलत हो ।

वंशानुगत समस्या र पोलिसाइटिक ओभरी सिन्ड्रोम जस्ता समस्याको उपचार कठिन हुनसक्छ । त्यस्तै ३५ वर्षभन्दा माथिको मानिसको यौन दुर्बलता हुने गरेको पाइन्छ । महिलाहरुमा विभिन्न कारणले गर्भवती हुँदैन । बाह्य जीवनशैलीले पनि गर्भधारण हुनबाट बञ्चित गर्छ ।

भिटामिन ई का फाइदा धेरै छन् तर मेरो उद्धेश्य केवल शरीरमा यसको कमिले प्रजनन क्रियामा अबरोध सिर्जना गर्न सक्छ भन्ने जानकारी कमलाई हुन सक्छ । आजको युग भनेको व्यस्त युग हो । यो युगमा कसलाई के भिटामिनको कमिले के कस्ता रोग लाग्न सक्छ भन्ने जानकारी नहुनाले थुप्रै पैसा खर्च हुने गरेको छ । आज मैले चाँडो गर्भ रहन के कस्ता भिटामिन र प्राकृतिक खाना खानुपर्छ भन्ने कुरा पाठकलाई जानकारी पस्कन गइरहेको छु ।

पुरूषमा शुक्रकिटको कमि र महिलामा पाठेघर सम्बन्धी समस्याका कारणले बाझोपन निम्ताएको हुन्छ । हामीले उपचार गर्दा सवैभन्दा पहिले कसमा खराबी छ भन्ने जानकारी प्राप्त गरेर उपचार गर्न सके बल्ल सफलता हात लाग्ने देखिन्छ । गर्भ नरहनुमा सवैभन्दा खानपानको पनि हात छ । हामीले के कस्ता खाना खानाले प्रजनन् स्वास्थ्य सवल हुन सक्छ भन्ने कुरा जान्न आवश्यक छ ।

यस्ता छन् भिटामिन ई पाइने खानाहरु

१. एभोकाडो

एभोकाडोमा भरपूर्ण मात्रामा पौष्टिक तत्व पाइन्छन् । जसमध्ये भिटामिन ‘ई’ एक हो । १०० ग्राम एभोकाडोमा १४ प्रतिशत भिटामिन ‘ई’ पाइन्छ ।

२. सूर्यमुखी फूलको बिउ

सूर्यमुखीको बिउ भिटामिन ‘ई’को राम्रो श्रोत मानिन्छ । यसमा १०० ग्राम सूयमुखीको बिउमा ३५.७ मिलिग्राम भिटामिन ‘ई’ पाइन्छ।

३. मुङ्गफली

‘स्नेक्स’का रुपमा प्रयोग गरिने १०० ग्राम नेपाली बदाममा ४४ प्रतिशत भिटामीन ‘ई’ पाइन्छ ।

४. पालुँगो

सबैभन्दा कम क्यालोरीको तरकारीको रुपमा पालुँगोलाई लिने गरिन्छ । यसमा भिटामिन ‘ई’ प्रशस्त पाइन्छ ।

बाझोपनको उपचार

१. रेगुमिन्स आयुर्वेदिक औषधि १५ एम.एक औषधि समभाग पानीसंग खान दिने । सुपारी पाक औषधि राम्रो कम्पनीको १-१ चमच दिनमा २ पटक दुधसंग खान दिएमा महिनावारी ठिक भई चाँडो गर्भ रहन सक्छ ।

२. भिटामिन ई पुरूषलाई जस्तै महिलालाई पनि आवश्यक हुन्छ । यदि महिलाको शरीरमा यसको कमिले पनि गर्भ नरहन सक्छ । यस्तो समस्या देखिएमा भिटामिन ई ४०० एम.जी को क्यापसुल दिनमा २ पटक ३ महिनासम्म दिन सकिन्छ । औषधि सेवन गराउनु पुर्ब डाक्टरको परामर्श आश्यक छ ।

नोट : २ बर्ष भन्दा बढी समय सन्तान नभएमा बाझोपन भएको बुझ्न सकिन्छ । यदि यस्तो देखिएमा ढिलो नगरी डाक्टरको परामर्शमा उपचार गराउन सक्नु हुन्छ ।

यो पनि पढनुहोस्

गर्भस्थापक फार्मुला जानौं र प्रयोग गरेर फाइदा उठाऔ

स्वास्थ्यका लागि गरम पानी खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!