जीवनशैली

गर्भमा रहेको बच्चा राम्रो विचारको होस् भन्ने चाहना भए यसो गरौं

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

गर्भमा बच्चा हुर्काउनु भएको छ भने झै झगडा दंगा फसाद जस्ता गलत क्रियाकलाप नगरौं । यसले गर्भमा रहेको बच्चालाई समेत असर पुग्न सक्छ । भोली त्यो बच्चामा पनि खराब र गलत बिचार भएको मस्तिष्कका कारण बच्चा लडाकु जन्मन सक्छ ।

यसलाई अन्यथा नलिनुहोला । घरमा राम्रो वातावरण छ भगवानको भजन कृतन गर्ने राम्रो व्यक्तिहरुको फोटो कोठामा टास्ने, भगवानको फोटोहरू टास्ने गर्भवतीले सधै राम्रोतर्फ बढी ध्यान दिने गरेमा बच्चा राम्रो विचार भएको जन्मनेछ ।

हामीले आफ्नो सन्तानको भविष्य राम्रो होस् भन्ने चाहना भए गर्भमा हुँदा देखि नै गलत बिचारलाई त्याग्न आवश्यक छ । आमाको दिमागमा त्यो समयमा गलत बिचारले स्थान लिएमा बच्चाको बिचार पनि गलत भएर जन्मन सक्छ ।

गर्भमा बच्चा बसेको बेला जे-जस्ता क्रियाकलाप हामी गर्छौं त्यस्तै स्वभावको बच्चा हुनेछ । झगडा गर्नेको सन्तान लडाकु भएर जन्मनेछ । गर्भमा पढाईमा ध्यान दिनेको सन्तान पढाईमा ध्यान दिने खालको जन्मनेछ ।

लागुऔषध खानेको सन्तान पनि लागुऔषध खाने विचारको जन्मनेछ । भाषण गर्ने महिलाको सन्तान पनि भाषण गर्ने खालको बच्चा जन्मनेछ । गर्भदेखि नै हामीले आफ्नो सन्तानलाई सहि दिसामा मोड्न सक्नेछौं । हाम्रो सानो गल्तीले सन्तान पनि खराब स्वभावको हुनेछ ।

धर्मशास्त्रमा सन्तानलाई चाहे जस्तो बनाउन सकिन्छ भनेको छ । हामीले गर्ने हरेक क्रियाकलापमा बच्चा पनि सहभागी भएको हुन्छ । गर्भमा बच्चाले खान मागेमा गर्भवतीले त्यो चिज खान नपाएमा र्याल चुहाउने खालको बच्चा जन्मनेछ ।

गर्भमा आमाको दिमागमा बढी सेक्स विचार गरेमा बच्चापनि सेक्स विचारको भएर जन्मने हुन्छ । लामो अनुसन्धान र अनुभवको आधारमा यो कुरा लेखिएको छ । सन्तान सहि होस् भन्ने चाहना भएमा हामीले त्यस्तै प्रकारको वातावरण गर्भवतीलाई दिन सकिनेछ ।

गर्भ अवस्थामा कम क्यालोरी खाना गर्भवतीले खायमा जन्मने बच्चा समेत कमजोर भएर जन्मन सक्छ । फलफूल सागसब्जीबाट प्राप्त रगतको अभावमा कृतिम रगत पैदा हुने खालको औषधि दिएमा बच्चाको स्वास्थ्यमा पनि प्रभाव पार्ने खालको रोगी बच्चा जन्मनेछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

बच्चाको दाँत किन र्झछ ?

बच्चाहरुको अण्डकोष सुन्निएको नि:शुल्क उपचार

पुरुषले जन्माए जुम्ल्याहा बच्चा

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!