के तपाईको हातमा पैसा धेरै समय टिक्दैन, यसो गर्नुहोस् पैसा टिकाउन

के तपाईको हातमा पैसा धेरै समय टिक्दैन, यसो गर्नुहोस् पैसा टिकाउन ! यो संसारको प्रत्येक मानिसहरुलाई धनी नै बन्ने चाहना हुन्छ किनभने यदि तपाई आर्थिक रुपमा सम्पन्न हुनुभयो भने तपाईको शारिरिक, मानसिक, सवेंगात्मक र अन्य कुराहरुका पनि सबल बन्नुहुन्छ । त्यस्तै यसले मानिसहरुलाई मात्र नभएर देवताहरुलाई पनि आर्थिक र धन सम्पत्तीको नाममा विवाद ल्याएको हामीले पढेका छौ । त्यसैले यो संसारमा सबै मानिसहरु धनसम्पती र पैसा कमाउनको लागी निकै मिहेनत गर्ने गछैन् ।

तर कसैको हातमा जति धेरै पैसा भएपनि धन, पैसा केही कारणबाट हानी नोक्सानी भएरै छोड्छ । उनीहरुको हातमा पैसा धेरै समय पटक्कै टिक्दैन । त्यसैले ज्योतिषीका अनुसार यी ५ उपायहरु आफ्नो घरमा अपनायो भने तपाईको धन नोक्सानी हुनबाट बचाउन सकिन्छ ।

१. पहिलो कुरा बेलुका तपाई सुत्ने बेला आफ्नो ओछ्यान नजिकै एक लोटा दूध भरेर राख्नुहोस् । त्यसपछि विहान उज्यालो भएपछि बर र पिपलको फेदमा चढाउनुहोस् ।

२. दोस्रोमा हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने र भगवान शिवको पूजा आराधना गर्नुभयो भने पनि यो समस्याबाट मुक्ति मिल्छ ।

३. तेस्रोमा प्रत्येक विहीबारको दिन पनि नजिकै रहेको शिवलिङ्गमा हलेदोको डांठ चढाएमा पनि जीवनमा आर्थिक हानी नोक्सानीबाट बच्न सकिन्छ ।

४. चौथोमा हरेक शुक्रबार माता लक्ष्मीको पुजा आरधना गर्नुपर्छ ।

५. अन्यमा प्रत्येक मंगलबार गणेश भगवान पूजा गरी १०८ पटक मन्त्र जप्यो भने पनि तपाईको जीवनमा हरेक पाइला पाइलामा आउने धन हानी नोक्सानीबाट बच्ने ज्योतिषीहरुले बताएका छन् ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

लक्ष्मी खुसी पारी पैसा तान्ने मन्त्र

शास्त्रका अनुसार यस्ता व्यक्तिको हातमा पैसा कहिले पनि टिक्दैन

शरीरको यी भागमा कोठी हुनेको हातमा पैसा टिक्दैन

पैसा र यसको सम्बन्ध

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/adminscience/public_html/wp-includes/functions.php on line 4757