अर्थ-वाणिज्य

मानिसले किन दिन्छ पैसालाई महत्व ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानिसले किन दिन्छ पैसालाई महत्व ? अन्याय र न्यायलाई केलाएर हेर्दा कमजोर पक्षको कुनै गल्ति नभएपनि सजाए पाएको देखिन्छ । यसको पछि म मान्छेलाई कदापि दोष दिन्न म त्यो पैसालाई दोषी ठहराउछु । जसले जे गरेपनि पैसाको लागि गरेको देखिन्छ । पैसाको पछि कानुन समेत झुकेको छ ।

नत्र पैसा लिएर दोषीलाई छोड्नुको पछि कानुनलाई पनि पैसाले नछोडेको देखिएको छ । आज यदि कानुनले पैसाको मुख नहेरी भटाभट दोषीलाई कार्बाही गरेको भए शायद कमजोरले पनि न्याय पाउने थिए ।

हामीले हमेसा पैसालाई होइन गल्ती गर्ने जोसुकैलाई सजाय दिन सक्नुपर्छ । पैसालाई महत्व दिने जुनसुकै किन नहोस् त्यसलाई दोषी ठहराउनु पर्दछ । मानिसको जीवन पैसाको लागी नष्ट गराउदा पापको भागी कानुनको फैसला गर्ने जो कोहि दोषी ठहर्छ ।

पैसा सब थोक होइन पैसालाई ठूलो मान्ने हाम्रो समाज गलत जस्तो मलाई लाग्छ । हामीले प्राप्त गरेको उपलब्धिलाई पैसामा दाँज्नु भनेको गलत हो । समाजमा राम्रो काम गरौं पैसाले आफै घर भरिन्छ । पैसालाई महत्व त्यति बेला दिनुस जसको साहेताले निर्दोषको ज्यान बचाउन सकियोस ।

हामीले बिरामी भेट्न जान्छौं । जाँदा फलफूल बोकेर गएका हुन्छौं मेरो बिचारमा यो गलत हो की जस्तो लागेको छ । फलफूलको सट्टा यदि हामीले पैसा दिन सकेको भए ठूलो उपलब्धि हुने थियो तर पैसालाई गलत तरिकाले युज गर्दा फाइदा होइन बेफाइदा भएको छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

लक्ष्मी खुसी पारी पैसा तान्ने मन्त्र

शास्त्रका अनुसार यस्ता व्यक्तिको हातमा पैसा कहिले पनि टिक्दैन

शरीरको यी भागमा कोठी हुनेको हातमा पैसा टिक्दैन

पैसा र यसको सम्बन्ध

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!