राष्ट्रिय समाचारसमाचार

लाइन जाँदा टेलिफोन लगायत सवै सेवा अबरुद्ध

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जेठ १२, नवलपरासी । नवलपरासी मध्येविन्दु नगरपालिका सुस्ता पुर्वमा लाइन जाने वित्तिकै नेटवर्क जान्छ । नेपाल टेलिकम सवैभन्दा धनाढ्य देखिन्छ । लाइनको वैकल्पिक व्यवस्था गर्न नखोज्नु वा भएर पनि केही नगर्नु कस्को लापरबाही हुन सक्छ ?

मध्येविन्दु नगरपालिकामा सवैभन्दा ठूलो समस्या नेटवर्कको देखिन थालेको छ । लाइन नहुदा फोन लगायत सवै सेवा अबरुद्ध भएको छ । यसतर्फ नगरपालिकाको ध्यान नपुग्नु दुर्भाग्य देखिन थालेको छ ।

हामीले सवैभन्दा महत्वपूर्ण कुरामा ध्यान दिन सकि रहेका छैनौं । नेटवर्क नहुँदा फोन सम्पर्क समेत टुटेको छ । फोनको कारणले गर्दा सुचना आदान-प्रदान हुन सकेको छैन । समयमै समस्याको सामधान हुन जरुरी छ । यो भन्दा पहिले पनि उहाँले यस विषयमा कुरा उठाउनु भएको थियो तर कसैको ध्यान जान सकेन ।

हाम्रो आवाज स्थानीय अधिकारी समक्ष नपुगेको भन्न मिल्दैन किनकि यो सवै मध्यविन्दुबासीको आम समस्या हुन पुगेको छ । यस्ता विषयमा ध्यान पुग्न जरूरी भइसकेको छ । सुचना पाउनु सबैको अधिकार हो । सुचनालाई दवाउने प्रयास भएको छ ।

Like & Follow us on Facebook

पटक-पटक भनि रहदा पनि यसतर्फ कसैको ध्यान नपुग्नु दुर्भाग्य देखिन थालेको छ । समयमै ध्यान दिन नेपाल टेलिकमलाई हाम्रो आग्रह छ । यस्ता कमि कमजोरीतर्फ स्थानीय अधिकारीको पनि ध्यान नपुगेकाले पुगोस भन्ने हाम्रो आग्रह छ । पहिला सम्वन्धित निकायलाई ध्यानाकर्षण गराएको समाचार पनि पढ्नुहोस् ।

यो पनि पढ्नुहोस्

बिजुलीको लाइन जाँदा पुरै नेपाल टेलिकमको सेवा अवरुद्ध, लापरबाही कसको ?

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!