खानपान

स्वास्थ्यको लागि केरा खानुका फाइदाहरु

स्वास्थ्यको लागि केरा निकै मिठो तथा गुणकारी उर्जावर्धक फल हो । यसमा स्याउमा भन्दा ४ गुणा बढि प्रोटिन, दोब्बर कार्बोहाइड्रेट, तेब्बर फोस्फोरस, पाँच गुणा बढि भिटामिन ए तथा आइरन पाइनुका साथै दोब्बर मात्रामा अन्य भिटामिन तथा लवण पाइन्छ । त्यसकारण भनिन्छ, ‘ए बनना अ डे, किप्स डक्टर अवे ।’ यो अरु फलको तुलनामा सस्तो तथा प्रायः सबै मौसममा पाइने भएकाले पनि धेरैको रोजाइमा पर्छ ।

केरा खानमा मात्र मिठो होइन यो निकै पौष्टिक पनि हुन्छ । केरामा मुख्यतया तिनवटा प्राकृतिक सुगर पाइन्छ, सुक्रोज, फ्रुक्टोज र ग्लुकोज । त्यसका साथै यसमा प्रशस्त फाइबर समेत पाइन्छ । केरामा सुगर र फाइबर प्रशस्त पाइन्छ । त्यस्तै थाइमिन, नियासिन र फोलिक एसिडको रुपमा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ । स्वास्थ्यको लागि केरा खानुका फाइदाहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस्

काँचो केरा खानुका फाइदाहरु

सरिफा खानुका फाइदाहरु

निगुरो खानुका फाइदाहरु

च्याउका खानुका फाईदाहरु

चिप्ले भिन्डी खानुका फाइदाहरु

कुरिलो खानुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

पालुंगो र यसका फाइदाहरु

बेथेको साग र यसका फाइदाहरु

१. डिप्रेसन

डिप्रेसनको समस्या भएकाहरुले केरा खानु लाभदायक हुने तथ्य पछिल्लो अनुसन्धानले देखाएको छ । केरामा टि्रप्टोफ्यान भन्ने तत्व हुन्छ जुन एक प्रकारको प्रोटिन हो र यसलाई मानिसको सरीरले सेरोटोनिनमा बदल्छ । केरामा भिटामिन बी ६ पनि पाइन्छ जसले सरीरमा ग्लूकोजको मात्रा सन्तुलन गराउँछ र यसले पनि तनावलाई नियन्त्रण गर्न सहयोग पूराउँछ ।

२. रक्तअल्पता तथा उच्च रक्तचाप

केरामा उच्च मात्रामा फलाम तत्व पाइन्छ जसले रगतमा हेमोग्लोबिन अर्थात् रक्तकणको उत्पादन बढाउँछ र रक्तअल्पताबाट बचाउन सहयोग गर्छ । केरामा पर्याप्त मात्रामा पोटासियम लवण पाइन्छ जसले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

३. मस्तिष्कको क्षमता

बेलायतको टि्वकेनह्याम विद्यालयका विद्यार्थीमा गरिएको अध्ययनले केराले विद्यार्थीमा स्मरण शक्ति बढाउने तथ्य प्रमाणित गरेको थियो । केरामा पर्याप्त पोटासियम समेत हुने भएकाले यसले जिउलाई बढि सक्रिय बनाउन मद्दत गर्ने र सिकाइका लागि उत्प्रेरित गर्दछ ।

४. कब्जियत

केरामा उच्च मात्रामा फाइबर पाइन्छ जसले पेटको कामलाई दुरुस्त पार्ने तथा पाचन प्रणालीलाई स्वस्थ बनाउने काम गर्छ । यसले अपच तथा कब्जियत जस्ता समस्या समेत कम गर्छ ।

५. ह्याङओभर

कुनै एकोहोरो तथा दिक्क लाग्ने खालको काम गरेपछि, निकै व्यस्त समयबाट उम्किएपछि वा मदिरापान पछि हुने टाउको दुखाइ अर्थात् ह्याङओभरलाई हटाउनका लागि केरा निकै उपयुक्त हो ।

६. छाती पोल्ने

पेटमा अम्लपना बढेर डकार आउने, अमिलो पानी आउने तथा छाति पोल्ने जस्तो समस्या देखिएमा केराको सेवन उपयोगी हुन्छ । केरामा प्राकृतिक अम्लप्रतिरोधी तत्व हुन्छ ।

७. गर्भावस्थाको वाकवाकी

गर्भावस्थाका सुरुका दिनहरुमा बिहानपख वाकवाकी आउने तथा वान्ता हुने र जिउ बिमार हुने समस्यासँग जुध्नका लागि केरा निकै उपयोगी हुन्छ । केराले रगतमा चिनीको मात्रा सन्तुलन गर्दछ ।

८. दुखाइ तथा चिल्चिलाहट कम

लामखुट्टेले टोकेर दुखेको, चिलाएको वा सुन्निएको ठाउँमा केराको बोक्राको भित्री भाग दल्नाले दुखाइ तथा चिल्चिलाहट कम हुन्छ ।

९. स्नायु स्वास्थ्य

केरामा हुने भिटामिन बी का कारण स्नायु प्रणाली स्वस्थ बन्दछ । केरामा ट्राइप्टोफान नामक एमिनो एसिड हुन्छ जसले हाम्रो मस्तिष्कको स्फूर्ति बढाउन मद्धत गर्छ ।

Like & Follow us on Facebook

१०. अल्सर तथा ग्यास्ट्राइटिसमा फाइदाजनक

आन्द्रामा घाउ हुने अर्थात् अल्सरका रोगीका लागि समेत केराको सेवन उपयुक्त हुन्छ । यसले पेटको अम्लपना समेत सन्तुलित गराउने भएकाले यो अल्सर तथा ग्यास्ट्राइटिसका रोगीका लागि फाइदाजनक हुन्छ ।

११. शरीरको तापक्रम नियन्त्रण

गर्मी याममा सरीरको आँत सितल पार्नका लागि केराको सेवन निकै उपयोगी हुन्छ । यसले सरीरबाट नष्ट हुने पानी तथा चिनीको भरणपोषण तत्कालै गरिदिन्छ ।

१२. मधुमेह नियन्त्रण र पाँचनप्रक्रियालाई नियमित गराउन

केराको सेवनले मधुमेहलाई समेत नियन्त्रण गर्छ । केराको सेवनले पाँचनप्रक्रियालाई नियमित गराउन सहयोग पुग्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!