हेल्थ टिप्स

स्वास्थ्यको लागि गहुँ वा जौको जमराको जुसका फाइदाहरु

जमराको जुसलाई पृथ्वी कै उत्कृष्ट पेय पदार्थको रुपमा मानिन्छ । यसको दैनिक सेवनले मुटुरोग, पाचन प्रक्रिया, क्यान्सर तथा मधुमेहलाई फाइदा गर्दछ ।यसमा क्लोरोफिल, एमिनोएसिड, मिनिरल्स्, भिटामिन ए, भिटामिन बि कम्पेलेक्स, भिटामिन डि र भिटामिन ई को ठुलो स्रोत पाईने जमराको जुसमा म्याग्नेसियम पोटाशियम, आईरन, जिन, कपर, सेलेनियम पाईन्छ । यसमा एण्टी-अक्सिडेन्ट, एण्टी-ब्याक्टिरियलस्ए, एन्टी क्यान्सर, एन्टी ईन्फामेन्टरी गुण रहेको जमराको जुसले हाम्रो शरिरलाई फाइदा पुग्दछ ।

फाइदाहरु

१. यो प्राकृतिक रुपले सवोर्त्तम पोषक हो तथा पोषणको कमिले हुने बिरामीहरुलाई हटाउन यो साहायक हुन्छ ।

२. यसमा प्राकृतिक एण्टिअक्सिडेण्ट प्रयाप्त मात्रामा हुन्छ । यसले सास र पसिनाको दुर्गन्ध हटाउछ; कष्ट र तनाव दुर गर्न मद्दत गर्छ ।

३. रगतको शुद्धिकरण तथा होमोग्लोबिन बनाउनमा सहायक हुनाले एनीमिया (रक्ताअल्पता) र थ्यालीसिमीयाको उपचार सार्थक हुन्छ ।

४. यसले पाचनतन्त्र सम्बन्धी बिरामीहरु जस्तै : कब्जियत; एसिडिटी, अल्सर, हर्सा, मधुमेह र मृगौलाका बिकारहरुलाई रोक्नमा मद्दत गर्छ ।

५. रोग-प्रतिरोधक क्षमतालाई सशक्त पार्न सहायक हुन्छ ।

६. यो शक्तिवर्धक तथा उत्साहवर्धक हुन्छ । यौवन कायम राख्न तथा यौन जीवन अझ राम्रो बनाउन सहयोग गर्छ ।

७. त्वचा रोग जस्तै : दाद, डण्डिफोर, एक्जिमा आदिलाई निको पार्न मदत गर्छ र त्वचालाई चम्किलो र निरोगी बनाउछ ।

८. शरिरका कोशिकाहरु केस, फोक्सो, हृदय, मृगौला, मांसपेशीहरु अनि दाँतलाई बलियो बनाउछ ।

९. क्यान्सर; रक्तचाप; मासिक समस्याहरु, पक्षाघात, रक्त क्यान्सर, दमको रोग र अनिद्रा जस्ता अनेक रोगको उपचारमा यसले मदत गर्छ ।

१०. सहि आहार लिएर ओजन घटाउन वा बढाउन दुबैमा यो प्रभाबकारी हुन्छ ।

११. व्हिट ग्रास पाउडर दुधमा मिसाएर बनाईएको लेप त्वचामा लगाउनाले दाद र डढेको दागहरु हराउछ र अनुहार चम्किले बनाउछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

जमराको वैज्ञानिक महत्व

जमराको विषयमा मेरो बिचार

बैज्ञानिक दृटिकोणले जमराको महत्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!