आयुर्वेद

स्वास्थ्यको लागि जिम्बु र यसका फाइदाहरु

लसुन जस्तै तर प्याजी रंगमा फुल्ने मसिनो खालको वास्नादार बिरुवा हो जिम्बु । यसकौ बैज्ञानिक नाम Allium Hypsistum हो । यो विरुवा हिमाली भेकको ३९०० मिटर देखि ५५०० मिटरको उचाइमा पाइन्छ ।

मुस्ताङ र डोल्पाको माथिल्लो भेगमा पाइने एक किसिमको जडीबुटी जिम्बुलाई तरकारी तथा दालको परिकारमा झानेर खाने परम्परा छ । झानेर खाँदा स्वादिष्ट हुने जिम्बुलाई मुस्ताङ्गीहरुले कोसेलीको रुपमा देशका विभिन्न भागमा पुर्याउने गरेका छन् ।

समुन्द्री सतहदेखि तीन हजार ५०० मिटर उचाई भन्दामाथि पाइने जिम्बुलाई टिपेर घाममा सुकाएपछि बजारमा लैजाने गरिन्छ । मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोम गाविसका माथिल्लो भेगमा पाइने जिम्बुलाई स्थानीयवासीले सङ्कलन गरेर किलोको हिसाबमा बिक्री गर्ने गर्दछन् ।

अचार, दाल र तरकारीलाई स्वादिष्ट बनाउन प्रयोग गरिने जिम्बु बेचेर घरखर्च समेत जुटाउने गरेका छन् । सर्वसाधारणले जिम्बुलाई खाना स्वादिष्ट बनाउन मात्र नभई घरेलु औषधीको रुपमा प्रयोग गर्ने गर्छन् ।

फाइदाहरु

जिम्बुले अपच, अरुची, वायुगोला, संक्रमित रुघाखोकी, पिनास, पेटदुखाइ, सुनिने, जीउ दुखाई, मुसा तथा गिर्खा आउनेमा लाभ पुर्याउछ। चिसो, कफ सम्बन्धी रोगहरु, शरीर दुख्ने भोजन नमिठो लाग्नेहरुलाई खानामा रुचि बढाउछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

हैजाको उपचारमा ल्वाङको प्रयोग

हेरेको भरमा ज्वरो निको हुने जडिबुटी

औषधिको रुपमा धतुराको प्रयोग

यस्तो छ दाँतमा किरा लागेको किरा मार्ने अचूक औषधी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!