राजनीति

आउने पुस २७ गते पृथ्वी जयन्ती मनाऔ 

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आउने पुस २७ गते पृथ्वी जयन्ती मनाऔ ! श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह शाहबंशीय राजा थिए । स-साना राज्यहरुमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सिर्जना गर्ने यिनी आधुनिक नेपालको राष्ट्र निर्माताको रूपमा चिनिन्छन् । यिनको सम्झनामा पुष २७ गते नेपालमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । नेपालमा २००७ सम्म त राणा शासन थियो । जब प्रजातन्त्र आयो । त्यसपछि योगी नरहरिनाथले नेपालमा राष्ट्रपिता पृथ्बीनारायण शाहको जन्मोत्सव मनाउनुपर्छ भनेर प्रक्रिया शुरू गरेका थिए ।

त्यो भन्दा पहिले पनि मनाइन्थ्यो होला तर राणा परिवारमा कसरी मनाइन्थ्यो त्यो कुरो थाहा भएन । जनताको सहभागिता थिएन । २००९ सालदेखि योगी नरहरीनाथले सरकारसंग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रूपमा मनाउन प्रारम्भ गरेको हो । योगीजीले त्यो प्रयास नगरेको भए पनि पृथ्वी जयन्ती त हुन्थ्यो होला तर कुन रूपमा हुन्थ्यो त्यो यसै भन्न सकिदैन । तर, संस्थापक रूपमा यसको प्रारम्भ योगी नरहरीनाथकै वि भयो । योगी जतिन्जेल बाँचे राष्ट्रहित कै कार्य गरेर बाँचे । प्रत्येक वर्ष पृथ्वी जयन्तीको दिनमा एउटा न एउटा कार्यक्रम गरेर सबै नेपालीले मनाएका छन् ।

पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सीमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो । पछि नपाल अंग्रेज युद्धपछि सुगौली सन्धिसम्म यो भू-भाग नेपाल अधिनस्थ थियो । नेपालको इतिहासका शीर्षस्थ एवम् श्रदेय पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरेपनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहे।

आज हाम्रो अगाडि नभएपनि वहाको सम्झना जीवितै छ । हामीले एकताका प्रतीकको रूपमा श्रदेय पुरूष पृथ्वीनारायण शाहको जन्म उत्सव मनाउनुपर्छ । यस्ता कुरामा हामी पछि पर्नुहुदैन चाहे हामी जुनसुकै पार्टीका किन नहोउ जन्मउत्सव मनाउनुपर्छ यो आवश्यक छ ।

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

देश कसैको पेवा होइन ?

देश कता गई रहेको छ ?

हरेक नेपालीले बुझ्नुपर्ने कुरा

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!